झिनो अंकले घट्यो सेयर बजार

प्रकाशित मिति:

आज मंगलबार सेयर बजारले ओरालो यात्रा तय गरेको छ । कारोबारको सुरुमा २३६२ ,६१ अंकमा पुगेको नेप्से बजार बन्द हुँदा २३२६: ९० को बिन्दुमा पुगेर रोकिएको छ । मंगलबार सेयर बजारमा झिनो अंकको गिरावट देखिएको हो ।आज नेप्से परिसूचक ५;५७ अंकले घटेर २३२६; ९० अंकमा पुगेको हो । नेप्से ०;२४ प्रतिशले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि २;८५ अंकले घटेर ४४२;८२ अंकमा पुगेको छ ।

कुल २ सय ६ वटा कम्पनीको १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी १ वटा अर्थात् हाइड्रोपावर उपसमुहको मात्र सेयर घटेको छ ।  त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ९१ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।