निर्मला हत्या प्रकरणः शंकास्पद भनिएका ४ जनाको पनि डीएनए मिलेन

प्रकाशित मिति:

३० कात्तिक, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद मानिएका ४ जनाको डीएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । जुन निर्मलाको ‘भजाइनल स्वाव’सँग मेल नखाएको हो । प्रकरणका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णराज ओझाले शंकास्पद ४ जनाको डीएनए म्याच नभएको पुष्टि गरे ।