इग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

प्रकाशित मिति:

इग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा चेल्सीलाई २-० गोलले हराउँदै लेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । लेस्टरका लागि वेल्फ्रेड नेडिडी र जेम्स मेडिसनले गोल गरे। जितपछि लेस्टर म्यान्चेष्टर युनाईटेडलाई पछि पार्दै ३८ अंकसहित शीर्ष स्थानमा पुगेको हो। एक खेल कम खेलेको युनाईटेडको ३७ अंक छ।यस्तै तेस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको ३५ र चौथो स्थानको लिभरपुलको ३४ अंक छ। हार व्यहोरेको चेल्सी २९ अंकसहित आठौ स्थानमा झरेको छ।गएराति नै भएको खेलमा वेष्ट ह्यामले वेष्ट ब्रमुमलाई २-१ ले हरायो ।