अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा जो बाइडन ले आजदेखि शपथ ग्रहणसहित पदभार सम्हाल्ने

प्रकाशित मिति:

अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित जो बाइडन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आजदेखि शपथ ग्रहणसहित पदभार ग्रहण गर्ने भएका छन् । नेपाली समय अनुसार आज राति १० बजेर १५ मिनेटमा शपथ ग्रहण गरेपछि उनीहरुको कार्यकाल सुरु हुनेछ । अमेरिकामा २० जनवरीको दिन नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण लिने परम्परा छ। यो दिन निर्वाचित राष्ट्रपतिको स्वागत तथा निवर्तमान राष्ट्रपतिको बिदाइ गरिन्छ। क्यापिटल हिलमा यसपटकको शपथ समारोह सामान्य हुनेछ। अमेरिकाको राजधानी वासिङ्टन डिसी लगायत ५० राज्यमा सुरक्षा व्यवस्था निकै बलियो बनाइएको छ।