लोकगायक रत्न बानियाँको निधन

प्रकाशित मिति:

लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय गायक तथा सर्जक रत्न बानियाँको ५८ वर्षको उमेरमा निधन भएको छ ।

उनको बुधबार बिहान ओम अस्पतालमा निधन भएको हो । बानियाँले केही वर्ष यता मिर्गौला फेल भएपछि डायलासिस गराउँदै आएका थिए । उनी सुगर, प्रेसरको समेत बिरामी थिए । स्वास्थ्यमा असहज भएपछि मंगलबार अस्पताल लगिएकोमा बुधबार बिहान ३:३० बजे उनको निधन भएको हो ।