दोहोरो अंकले बढ्यो नेप्से

प्रकाशित मिति:

आज बुधबार सेयर बजारले उकालो यात्रा तय गरेको छ । बुधबार सेयर बजार दोहोरो अंकले बढेको हो । आज नेप्से परिसूचक १५।८७ अंकले बढेर २३४२।७६ अंकमा पुगेको हो । नेप्से ०।६८ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ०।१८ अंकले बढेर ४४३ अंकमा पुगेको छ

कुल २ सय ११ वटा कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी ६ वटा उपसमुहको सेयर घटेको छ ।

आज १५ वटा कम्पनीहरुको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ६१ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।