बुटवल उपमहानगर स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७७ फागुन ७ गतेबाट सुरु

प्रकाशित मिति:

मधुसूदन नेपाल बुटवल-बुटवल नगर खेलकुद विकास समितिले बुटवल उपमहानगर स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७७ फागुन ७ गतेबाट सञ्चालन गर्ने भएको छ ।

सामाजिक विकास डिभिजन कार्यालय भैरहवा रुपन्देहीले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७७ फागुन महिनाको दोस्रो हप्ता सञ्चालन गर्ने गरी स्थानीय तह सबैलाई राष्ट्रपति रनिङ्ग शिल्ड २०७७ सम्पन्न गरी प्रतिवेदन पेश गर्न पत्राचार गरेको हुँदा बुटवल उपमहानगरपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सहभागी गराउने गरी सञ्चालन गरीने बुटवल नगर खेलकुद विकास समितिका सदस्य एवं नवीन औद्योगिक कदर बहादुर रीता मा.वि का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताउनु भयो ।

बुटवल नगर खेलकुद विकास समिति बुटवलले राष्ट्रपति रनिङ्ग शिल्ड २०७७ लाई लक्षित गरी बुटवल उपमहानगरका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कार्यरत खेलकुद शिक्षक तथा प्रशिक्षकहरुलाई ६ दिने प्रशिक्षक प्रशिक्षण एवं आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता २०७६ मा सहभागी बुटवल उपमहानगरपालिका अन्तरगतका खेलाडीहरु र प्रशिक्षकहरुलाई सम्मान कार्यक्रम पनि हालै सम्पन्न गरेको छ । दोस्रो बुटवल उपमहानगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७७ एन्फा टेक्नीकल सेन्टर देवीनगरमा फागुन ७ देखि १० गते सम्म सञ्चालन गरिने भएको छ ।


बुटवल नगर खेलकुद विकास समितिका संयोजक नन्द बहादुर काउचाको अध्यक्षतामा सदस्य सचिव कोपिला ज्ञवालीको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।