५४ औँ बार्षिक उत्सवको अवसरमा रक्तदान

प्रकाशित मिति:

राम भण्डारी / बुटवल – नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि बिकास बैंक लुम्बिनी प्रदेश समिति द्वारा बैंकको ५४ औँ बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा कृषि बिकास बैंक प्रदेश नम्बर ५ का निर्देशक जगदिश्वर पन्थिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पन्थीले समग्र जनताको साझेदारीमा बैंक रहेको र बैंकले कृषक तथा समग्र वर्गीय जनतालाई विभिन्न टेवा पुग्ने काम गरिरहेको बताउनुभएको थियो । कार्यक्रममा नेपाल ट्रेड युनियन सिद्धार्थनगरका अध्यक्ष राम बहादुर गुरुङको बिशिस्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए । कार्यक्रमको अध्यक्षता प्रदेश अध्यक्ष नवराज गौतमको रहेको थियो भने कार्यक्रमको संचालन नेपाल बित्तीय संस्था कर्मचारी संघ कृषि बिकास बैंक लुम्बिनी प्रदेश सचिव बिनोद ढकालले गर्नुभएको थियो ।