सबैको विश्वास अदालतमा रहेकाले अदालतले उचित फैसला गर्नुपर्छ : गगन थापा

प्रकाशित मिति:

नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले संसद पुर्नस्थापना का विषयमा सर्वोच्चले दायां बायां नहेरी फैसला गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले बिहिवार बुटवलको ट्राफिकचोकमा गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले सबैको विश्वास अदालतमा रहेकाले अदालतले उचित फैसला गर्नुपर्ने बताए । बाहिर भइरहेको कुराले बेन्चमा बसेका श्रीमानलाई प्रभावित नगरोस् भन्दै उनले संविधान बमोजिमको कर्तव्यले मात्र न्यायाधिसलाई प्रभावित गर्नुपर्ने बताए। संविधानको रक्षा गर्दै सर्वोच्चले संसद पुनःस्थापनको पक्षमा फैसला गर्ने विश्वास उनले व्यक्त गरे । संविधानले प्रधानमन्त्रीले संसदको अधिकारमाथि नजर उठाएर हेर्ने अधिकार समेत नदिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक नभएर अनाधिकृत भएको दाबी गरे । संविधान रक्षाका लागि कांग्रेस जस्तोसुकै आन्दोलन गर्न तयार रहेको थापाले जनाए । नेता थापाले प्रधानमन्त्री ओलीसंग योज्ञता नभएको तर अहंकार भएको आरोप लगाए ।