स्याङ्जाका ९७ वडामा कांग्रेसको विरोध सभा

प्रकाशित मिति:

असंबैधानिक बिरुद्ध कांग्रेस लगातार सडकमा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार स्याङ्जामा ९७ वडामा बिरोध सभा सम्पन्न भएका छन् । केपी ओली सरकारले गरेको असंबैधानिक कदम विरुद्ध सडक आन्दोलन गर्दै आएको नेपाली काँग्रेस माघ ८ गते जिल्लाका ९७ वडामा बिरोध सभा सम्पन्न गरेको हो । संविधान माथी ठाडै चुनौती दिएर जनताले चुनेको प्रतिनिधि सभा प्रधानमन्त्री केपी ओलीले सनकका भरमा विघटन गरेपछि काँग्रेस लगायत अन्यदलहरु आन्दोलनमा रहेका छन् । जिल्ला, क्षेत्र, प्रदेश, स्थानीयतह हुदै काँग्रेस प्रधानमन्त्री ओलीले गरेको असंबैधानिक कदम बिरुद्धको खबर लिएर वडातहमा पुगेको छ । देशभरका ६ हजार ७ सय ४३ वडामा एकै पटक आन्दोलनमा सरिक भएको नेपाली काँग्रेसले कम्युनिष्ट सरकारले गरेको कुकृतिका बारेमा सन्देश दिदै आएको छ ।

नेपाली काँग्रेस स्याङ्जाले वडागत बिरोध सभा गर्दै मुलुकका लागि कम्युनिष्ट पाटी घातक भएको संज्ञा दिएका छन् । राणा, राजा र पञ्चायती व्यवस्था काँग्रेसले फालेको सन्देश जनतामा छर्दै हिडेको काँग्रेसले अब कम्युनिष्ट पाटी पनि फाल्ने चेतावनी काँग्रेसका नेताहरुले दिएका छन् । काँग्रेसका जिल्लातहका महासमिति सदस्य, महाधिवेसन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि, स्थानीयतह र वडागत प्रतिनिधिहरु सगै पाटीका भातृसंगठन, शुभेच्छुक संगठनहरु कम्युनिष्ट सरकारले गरेको असंबैधानिक कदम बिरुद्ध चर्को रुपमा आक्रमक भएर लागेका छन् । यसबाट कांग्रेसले लोकतन्त्रको जगेर्नाका लागि संवैधानिक बन्न आफ्नो भूमिका सबैलाई सुनाउने छ भने ‘वेटिङ गभर्मेन्ट’ का रुपमा रहेको पार्टी भएकाले चुनाव भइहाले पनि त्यसको सन्देश घरघरमा पु¥याउन सघाउ पुगेको बताइएको छ । ११ स्थानीय तह रहेको स्याङ्जामा जिल्ला तह सगै वडा स्तरका नेताहरुले सम्वोधन गरेर बिरोध सभा सम्पन्न भएको नेपाली काँग्रेस स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर गोदारले जानकारी दिए ।
यसै बिच पुतलीबजार नगरपालिका वडा नं ४ को सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेस स्याङजाका कार्यवहाक सभापती कुमार रानाले स्थिरता र समृद्धि बोलेर मात्र नहुने भएकाले व्यवहारमा काम गरेर देखाउन सरकारसँग आग्रह गरे । नेपाली काँग्रेस वालिङ वडा नं ६ ले आयोजना गरेको विरोध पदयात्रापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै महासमिति सदस्य भोजराज अर्यालले निर्वाचनका बेला बोलेका स्थिरता र समृद्धिका नारा व्यवहारमा कार्यान्वयन गर्न वर्तमान सरकार अग्रसर नदेखिएको आरोप लगाए । काँग्रेसकै नेतृत्वमा २००७ सालदेखि २०६२÷६३ सम्मका सबै लोकतान्त्रिक आन्दोलन सफल भएको र काँग्रेसको नेतृत्वमै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई सबै तहका निर्वाचन सम्पन्न भएको जिकिर गर्दै नेता अर्यालले भने, ‘सरकारले नचाहिने मुद्दामा हात हालेर जनतालाई दुःख दिने काम गरेको छ, हामी यसमा खबरदारी गर्न चाहन्छौँ ।’ जनताको तागत के हो भन्ने कुरा पछिल्लो समयमा चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा उजागर भएको अर्यालले बताए ।

गल्याङमा काँग्रेस महाधिवेशन प्रतिनिधि गुरुप्रसाद भट्टराईले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाको पालना गर्न सत्ता पक्षले उदासीनता देखाएको आरोप लगाउँदै संविधान र कानून सबैले मान्नुपर्ने बताए । नेपाली काँग्रेस गल्याङका सभापती श्यामप्रसाद बस्यालले बढेको कर फिर्ता लिन, महँगी नियन्त्रण गर्न एवं महिलामाथि हिंसा गर्नेलाई कडा कानूनी कारवाही गर्न सरकारसँग माग गरे ।
जिल्लाका हरेक वडाबाट शुरु भएको विरोध पदयात्रापछि कोणसभामा परिणत भएको थियो । पदयात्रामा संसद पुनसर््थापना गर, ६५ वर्षे वृद्धभत्ता कायम गर, भूकम्पपीडितलाई थप एक लाख अनुदानको व्यवस्था गर, असंवैधानिक कदम खारेज गर लगायत नाराबाजी लगाइएको थियो । पदयात्रामा काँग्रेस तथा पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाको सहभागिता थियो । यसैबीच, नेपाली काँग्रेस कालीगण्डकीका सभापती धनबहादुर रानाले निर्वाचनका समयमा गरेका वाचा वाम गठबन्धनले पूरा गर्न नसकेको आरोप लगाएका छन् । नेपाली काँग्रेस कालीगण्डकी वडा नं ५ ले आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै उनले मूल्य वृद्धि भएको, कर बढेको र काँग्रेस नेतृत्वको सरकारले गरेका निर्णय खारेज गरेकोमा आपति जनाउँदै विकास र समृद्धिका लागि काँग्रेस बाधक नहुने बताए । रानाले अब विकास निर्माणको समय भएको उल्लेख गर्दै ‘पार्टी सुधारका लागि हात काम्ने दाजुभाइलाई बिदाइ गरेर युवा पुस्ताले नेतृत्व लिनुपर्छ भने ।’

नेपाली काँग्रेस चापाकोटका नगर सभापति रामचन्द्र पंगेनीले जनताका मतबाट बनेको वर्तमान सरकार जनमुखी हुनुपर्ने बताए । नेपाली काँग्रेस हरिनाशद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सभापती टोपबहादुर चन्दले वर्तमान सरकारलाई विकास तथा गरिबी न्यूनीकरणका योजना ल्याउन सुझाव दिए । यसैबीच, नेपाली काँग्रेस बिरुवाका सभापती यूवराज केसीले संविधानको रक्षा गर्न काँग्रेसले विरोध कार्यक्रमको आयोजना गरेको बताएका छन् । पुतलीबजारका नगर सभापती बेदप्रसाद दोरगांले सरकारले एकलौटी ढंगले न्याय, प्रशासनीय अंगमा हस्ताक्षेप गरेको आरोप लगाए ।

यता, नेपाली काँग्रेस अर्जुनचापारीको वडा विरोध सभामा सभापती बोधनारायण रेग्मीले वर्तमान सरकारले संविधानको मर्यादा पालना नगरेको आरोप लगाएका छन् । गांउपालिका अध्यक्ष दिर्घनारायण अर्यालले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधानको सम्मान गर्न सरकारलाई आग्रह गरे । नेपाली काँग्रेस फेदीखोलाका सभापती महेन्द्र थापाले बढ्दो महँगी नियन्त्रण गर्न सरकारलाई आग्रह गरे । काँग्रेसका आंधिखोला गांउपालिकाका सभापती नारायण शास्त्रीले लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेस कसैसँग सम्झौता गर्दैन भने । बिरोधसभामा नेपाली काँग्रेसका महासमिति सदस्य एंव संविधान सभा सदस्य राजु थापाले नेकपा छाडेर काँग्रेसमा प्रवेश गर्ने नवयुवाहरुलाई फुलमालाले स्वागत गरेका थिए । पछिल्लो समय कम्युनिष्ट सरकारले गरेको अनैतिक क्रियाकलापबाट काँग्रेसमा प्रवेश गर्नेको लहर चलेको थापाले बताए ।