प्रदेश स्तरिय हरित पार्कका लागि पाखापानी उत्तर क्षेत्र प्रस्ताव

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली, माघ ७, मसुरिया(देउखुरी दाङ)

लुम्विनी प्रदेशको राजधानीको केन्द्र रहेको भालुवाङ आसपासमा निर्माण हुने प्रस्तावित हरित पार्कको लागि स्थलगत रुपमा अध्यन गरिएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय बातावरण विभागको सहयोगमा निर्माणहुने प्रस्तावित पार्ककोे लागि पाखापानीको उत्तर तर्फको क्षेत्रको अवलोकन गरिएको हो । बातावरण मैत्रि शहरी बृक्षरोपण अभियान अन्तरगत एक प्रदेशमा एक स्थानिय तहसंगको लागत साझेदारीमा निर्माण हुने हरित उद्यानका लागि पाखापानीको उत्तर तर्फको क्षेत्र छनौट गरिएको हो ।

वन तथा वातावरण मन्त्रालय बातावरण विभाग वाट प्रस्तावना, जि पी यस लोकेशन सहित अढाई विघाँ जग्गा माग भएकोमा स्थानिय स्तरमा सञ्चालनमा रहेको पार्क क्षेत्रको प्रवद्धन गर्दै लैजानेगरि सर्बे गरिएको हो । धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गरिने प्रस्तावित हरित पार्कको जि पी यस लोकेशन लिने कार्य सम्पन्न गरिएको छ । वन क्षेत्र, खाली चौर तथा सिमसार क्षेत्र समेत रहेको सो क्षेत्रको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले अवलोकन समेत गर्नु भएको छ । देउखुरी उपत्यकाको अधिकाम्स क्षेत्र देखीने सो क्षेत्र लुम्विनी प्रदेशको राजधानीको आकर्षक क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना देखीएकोले प्रस्तावित उद्यानमा हुने मुख्य मुख्य भौतिक निमार्णका क्रियाकलापहरु का लागि साझेदारीमा काम हुने गरि प्रस्ताव गरिएको र पार्कको लागि प्रस्तावना स्वीकृत भएमा एक करोड वन तथा वातावरण मन्त्रालय बातावरण विभाग वाट लगानि गरिने र राप्ती गाउँपालिका वाट करिव अड्चालिस लाख लगानी गरिन प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले बताउनु भएको छ ।