डाइनामिक पब्लिक लाइब्रेरीको बुटवल शाखा गठन, अध्यक्षमा राजिब खनाल

प्रकाशित मिति:

बुटवल – डाइनामिक पब्लिक लाइब्रेरीको बुटवल शाखा गठन भएको छ । बुधबार बुटवलमा भएको छलफलबाट युवा व्यवसायी राजिव खनालको संयोजकत्वमा शाखा गठन गरिएको हो ।

संस्थाको बरिष्ठ उपाध्यक्षमा आविश्कार खनाल, उपाध्यक्षहरूमा आविश्कार पराजुली, आशा कार्की, महासचिवमा बिनोद पौडेल, कोषाध्यक्षमा युवराज बन्जाडे, सहसचिवमा आयुष पौडेल, सह कोषाध्यक्षमा पारस मरासिनी सर्वसम्मत रुपमा चयन भएका छन् ।

संस्थाको सदस्यहरूमा अच्युत टण्डन, कृष्ण भण्डारी, प्रभात अर्याल, शिशिर न्यौपाने, सविन ज्ञवाली, महेश पौडेल, दिनेश न्यौपाने, रचना पौडेल, प्रकाश श्रीपाली, सन्दीप पोखरेल र स्वीकृति तिवारी चयन भएका हुन् ।
संस्थाको प्रेस सल्लाहकारमा आचार्य प्रदीप, सल्लाहकारमा अशोक गौतम र कानुनी सल्लाहकारमा बिन्दु भुसाल चयन भएका छन् ।

डाइनामिक पब्लिक लाइब्रेरी जनतामा अध्ययन बानी बसाल्नको लागि बिभिन्न कार्यहरू गर्ने बुटवल शाखाका संस्थापक नवनिर्वाचित अध्यक्ष राजिव खनालले बताए।