देशमा फेरि तेश्रो जनआन्दोलनको आवश्यकता छ : भट्टराई

प्रकाशित मिति:

पूर्वप्रधानमन्त्री एवं जनता समाजबादी पार्टीका नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले देशमा फेरि तेश्रो जनआन्दोलनको आवश्यकता रहेको बताउनुभएको छ । बुटवलको चिया चौतारीमा भएको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले जनताले फेरि दोश्रो जनआन्दोलन गरि अहिलेको प्रतिगामी शक्तिलाई परास्त गर्न आवश्यता रहेकोमा जोड दिनुभयो । प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनतिर देशलाई लगेको उहाँले बताउँदै फेरि जनआन्दोलनको आवश्यकता रहेको बताउनुभयो । सरकारले तोकेको समयमा चुनाव नहुने भट्टराईले बताउँदै सरकारले जनतालाई अलमलमा राख्नको लागि मात्र चुनावको समय तोकेको दाबी गर्नुभयो ।  प्रधानमन्त्री ले सरकारका सबै निकायलाई आफ्नो मातहतमा ल्याएर प्रतिनिधिसभाको भंग गरेर राजनीतिक ‘कू’ गरेकाले फेरिे जनआन्दोलनको आवश्यकता रहेकोमा जोड दिनुभयो । सर्वोच्च अदालतबाट संसद पुनस्र्थापना नभए सबै राजनीतिक दल र नागरिक मिलेर अहिलेको प्रतिगामी शक्तिलाई झुकाउनुपर्ने उहाको भनाइ छ । भट्टराईले व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन भएको बताउनुभयो । यदी संसद पुनस्थापना पनि आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको भन्दै उहाले भन्नुभयो ( ‘म प्रधानमन्त्रीको आकांक्षी होइन, मलाई त्यसो भनियो भने घोर अन्याय हुन्छ,’ ।