ओलीले साइबर स्यालमार्फत जतासुकै हमला गरेका छन् : भुषाल

प्रकाशित मिति:

प्रचण्ड नेपाल नेकपाका नेता एवं पूर्व कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपीले ओलीले साइबर स्याल बनाएर नाङ्गो नाच देखाएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित प्रतिगमन विरोधी प्रदर्शन पछि आयोजित सभालाई सम्बोधन गर्दै नेता भुसालले ओलीले साइबर स्यालमार्फत जतासुकै हमला गरेको आरोप लगाए ।ओली पराजित हुनुको विकल्प नभएको बताउँदै भुसालले अदालतमा समेत सेटिङ गर्न खोजेको आरोप लगाए ।भुसालले भने, ‘सेटिङका कारण अदालतलाई डराएर तपाईंको पक्षमा फैसला आउँछ भन्ने सम्झिनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । तपाईंका साइबर स्यालले गलत सन्देश दिएपछि तपाईं हार्नुहुन्छ ।’