पठाओ नेपाल द्वारा ग्राहकहरु र राईडरहरुलाई बीमा प्रदान गर्न साझेदारी पत्रमा हस्ताक्षर

प्रकाशित मिति:

काठमाडौं, ९ माघ २०७७ –पठाओ नेपालप्रा.लि., राईड शेयरिंग तथा फुड डेलिभरी एपले ग्राहकहरु र राईडर÷चालक साथीहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.संग पौष ८, २०७७ मा साझेदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त साझेदारी अन्तर्गत राईडको दौरान कुनै पनि ग्राहक तथा राईडर÷चालक साथीहरुको दुर्घटनाका कारणले हुने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा रु ५ लाखसम्मको बीमा रकम प्राप्त गर्नेछन् ।

यसको साथै कुनै पनि ग्राहक तथा राईडर÷चालक साथीहरुले रु १ लाख सम्मको दुर्घटना उपचार बीमा पनि पाउँनेछन् । यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भए पश्चात ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरु सहित निवेदन गर्नु पर्दछ । पठाओ एप प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राईडर÷चालक साथीहरुले यो सुविधा लिन सक्नेछन् ।
असिममान सिंह बस्न्यात, क्षेत्रिय निर्देशक, पठाओ नेपाल प्रा.लि.,“हामी विगत २ वर्षदेखि हाम्रा ग्राहकहरु तथा राईडर÷चालक साथीहरुको सुरक्षा सुनिश्चित गर्नका लागि बीमा सुविधा प्रदान गर्न निरन्तर लागि परेका छौं । यसको अनुरुप हामीले एभरेष्ट इन्स्योरेन्स कम्पनीसंग साझेदारी पत्रमा हस्ताक्षर गरेका छौं । अब हाम्रा ग्राहकहरु तथा राईडर÷चालक साथीहरु विस्वस्त हुन सक्छन् । पठाओ ग्राहक तथा राईडर÷चालक साथीहरुको सुरक्षाप्रति दृढ छ । हामी प्रत्येक दिन हजारौंलाई रोजगारीको अवसर प्रदान गर्न पाउँदा निकै गर्वान्भित महसुस गर्दछौं । हालसम्म, हामीले ७५००० भन्दा बढी राईडरहरुलाई ट्रेनिंग दिइसकेका छौं र १३ लाखभन्दा बढी ग्राहकहरुले पठाओ एप डाउनलोड गरिसकेका छन् ।”

पठाओ नेपालको बारेमा- पठाओले नेपालमा आधिकारिक रुपमा सन् २०१८ सेप्टेम्बर २५ देखि आफ्नो सेवा विस्तार गरेको हो । पठाओ काठमाडौंकै ठुलो तथा लोकप्रिय राईड–शेयरिंग सेवा प्रदायक एप हो । यो एशियाकै सबैभन्दा तीव्र वृद्धि भएको टेक स्टार्टअफ मध्य एक हो जुन सर्वसाधारणको दैनिक यातायातको समस्याकालागि सर्वोत्कृष्ट समाधान विकास गर्न समर्पित छ । पठाओको दुई पाङ्ग्रे र चार पाङ्ग्रे राईड सेयरिंग सेवा छ र यसले हालै फुड डेलिभरी सेवा पनि शुरु गरेको छ ।