स्व. गणेशमान सैंजु बुटवल जेसिज उत्कृष्ट पत्रकारीता पुस्कार पत्रकार केसीलाई

प्रकाशित मिति:

रातोपाटीकर्मी तेजेन्द्र के।सी बुटवल जेसिसले स्थापना गरेको स्व गणेशमान सैजु बुटवल जेसिज उत्कृष्ट पत्रकारीता पुस्कारबाट पुस्कृत भएका छन् । बुधवार बुटवल जेसिसले आयोजना गरेको कार्यक्रममा केसीलाई पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता गगन थापाले सम्मान पत्र तथा नगद राशी प्रदान गरेका थिए ।बुटवल जेसीसले प्रत्येक बर्ष सुसासन सम्वन्धी समाचार लेख्ने युवा पत्रकारलाई पुस्कृत गर्ने गर्दछ । यस बर्ष विगत एक दर्शकदेखि बुटवलमा बसेर पत्रकार गर्ने रातोपाटी लुम्बिनी प्रदेश संयोजक तेजेन्द्र केसीलाई प्रदान गरिएको हो ।