भारत्तोलक विश्व च्याम्पियन रुप कार्कीको निधन

प्रकाशित मिति:

बुटवल– भारत्तोलक विश्व च्याम्पियन रुप कार्कीको ५२ बर्षको उमेरमा निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ भलवारी बस्दै आएका कार्कीको आज विहान हृदयघातबाट निधन भएको हो । बुटवलबाट काठमाडौं लैजादैगर्दा मुगलिन नजिकै बाटोमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कार्कीले सन् २०१९ मा आयरल्यान्डको लाइमेरिकमा सञ्चालित मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पारेर स्वर्ण जितेका थिए ।सन् २०१९ को जुलाईमा ५०–५४ बर्ष उमेर समूह र २२० पाउण्ड वजनमा कार्कीले युएसपिएलमा स्वर्ण पदक प्राप्तसँगै आयरल्याण्डमा सम्पन्न आईपिएल प्रतियोगितामा उनी छनौट भएका थिए ।

भारत्तोलक कार्कीले ४४–४९ बर्ष उमेर र २२० पाउण्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।