दाङ्ग जिल्लामा पहिलो पटक जुरे हुटिट्याँउ पानी चरा अभिलेख

प्रकाशित मिति:

९ माघ,रुपन्देही- नेपालमा ३७ वटा महत्वपूर्ण चरा संरक्षण क्षेत्र ( IBAs) रहेका छन् ती मध्य Dang Deukhuri Foothill Forests and West Rapti Wetlands एक हो । विश्वमै दुर्लभ मानिएका चराहरु यस क्षेत्रमा पाईने र तिनीहरुको बाँसस्थान समेत रहेकोले यस क्षेत्रलाई वर्डलाइफ ईन्टरनेशल (Birdlife International ) र नेपाल पंन्छी संरक्षण संघले यो क्षेत्रलाई सन् २००५ मा महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र घोषणा गरिएको हो ।

यसैक्रममा नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीको अध्ययन टोलीले नेपालमा जाडो याममा विरलै बसाई सराई गरी आउने संकटको नजिक अवस्थामा रहेको जुरे हुटिट्याँउ (Northern lapwing) चरालाई चरा संरक्षण क्षेत्र दाङ्ग देउखुरी उपत्यकाको राप्ती नदीको तटीय क्षेत्रमा ११ जनवरी २०२१ मा पहिलो पटक अभिलेखिकरण गरेको छ।नेपाल पंन्छी संरक्षण संघका परियोजनाअधिकृत भूपाल नेपालीका अनुसार यस वर्षको जालपन्छी गणना गर्ने क्रममा संकटको नजिक अवस्थामा रहेको जुरे हुटिट्याँउ चरालाई चरा संरक्षण क्षेत्र दाङ्ग देउखुरी उपत्यकाको राप्ती नदीको तटीय क्षेत्रमा फेला पारेको हो ।

सात वटाको संख्यामा रहेका उक्त चरा हिउँदे अप्रचुर आगुन्तुक र १३८० मीटर देखि २७०० मीटर सम्म नेपालका अन्य भु भागमा अभिलेख गरीएको थियो । सामान्यतया यो चरा कालो कल्की, अनुहारको बुट्टा सेतो र कालो, कालो छातीपेटी र माथिल्लो भाग गाढा हरियो हुन्छ । पखेटाको माथिल्लो भाग गाढा र उडानमा सेतो सेतो नितम्ब देखिनुका साथै कालो पुच्छरपेटी देखिन्छ । पखेटाका टुप्पा चौडा र गोलाकार हुन्छन ।हाल सम्म नेपालमा ८ सय ८६ भन्दा बढी प्रजातिका चराहरु मध्य २ सय ४६ प्रजातिका चराहरु यो क्षेत्रमा अभिलेख गरिएको छ । जस मध्ये १ सय ८६ प्रजाति चराहरु रैथाने, ४९ प्रजाती चराहरु जाँडो समयमा र ११ प्रजाती चराहरु गर्मी समयमा बसाई सराई गरी आउने गर्छन ।

चराले मानिस, पारिस्थिकीय प्रणाली र राष्ट्रहरुलाई जोड्नुका साथै वातावरणिय संरक्षणमा अति महत्वपूर्ण काम गरिरहेका हुन्छन् । चराहरु पछिल्ला वर्षहरुमा बाँसस्थान विनास, कृषिमा रासायनिक मनको प्रयोग, अवैध चरा शिकार तथा ब्यापार, जलश्रोतमा विषादीको प्रयोग, उडान मार्गमा अवरोध, जलवायु परिवर्तन, भौतिक निर्माणका कार्य, चरालाई अवरोध गर्ने मानविय गतिविधि आदीका कारणले चराहरु लोप हुने खतरा रहेका छन् । यस वर्ष यही २०७७ साल पौष १८ गते देखि माघ ५ गते तदनुसार २ जनवरी २०२१ देखि १८ जनवरी २०२१ सम्म नेपालमा पानी चराहरुका्े गणना, वितरण, अवस्था तथा संख्याको अध्यावधी गर्ने कार्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पंन्छी संरक्षण संघ, हिमाली प्रकृति र स्थानिय स्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संघसंस्था र संरक्षण कर्मीहरुको हातेमालोमा यस वर्षको जलपन्छी गणना कार्यक्रम गरिएको थियो ।