शान्ति नमुनामा अभिभावक भेला

प्रकाशित मिति:

तिलोत्तमा – रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा शुक्रबार अभिभावक भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।  कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले शिक्षा भन्दा पहिले बालबालिकालाई संस्कारको जरुरत रहेको र त्यसका लागि अभिभावक र विद्यालयबीच सहकार्य आवश्यक रहेको औल्याउनुभयो । विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयलागि परेको भन्दै उहाँले विद्यालयलाई देशकै नमुना बनाउने अभियानमा साथ दिन अभिभावकहरु सँग आग्रह गर्नुभयो ।

कक्षा १०मा अध्ययनरत ४ सय ४५ जना विद्यार्थीहरुका अभिभावकको लागि आयोजित कार्यक्रममा अभिभावकको भूमिका, बालबालिकको संस्कार तथाव्यवहार र उनीहरुको मनोविज्ञानबारे प्रशिक्षकदिनेश खड्काले सहजिकरण गर्नुभएको थियो  कार्यक्रममा विद्यालयका सह–प्रधानाध्यापक स्थानेश्वर बस्याल, अङ्ग्रेजी माध्यमका संयोजक दिपेन्द्र शाक्य, नेपाली माध्यमका संयोजक लोकनाथ कंडेलले बोल्दै विद्यालयप्रशासन, अभिभावकवर्ग र शिक्षकवर्गको त्रिकोणात्मक प्रयासले मात्र विद्यार्थीहरुमा आशा गरेको परिवर्तन ल्याउन सकिने भएकोले सो कार्यकालागि सहकार्य गर्न अभिभावक समक्ष अनुरोध गर्नुभयो ।

कक्षा १०का संयोजक शेखर पौडेलको स्वागतमन्तव्य रहेको कार्यक्रममा अभिभावकहरुले समेत जिज्ञासाहरु रचनात्मक सुझावहरु राख्नुभएको थियो ।त्यस्तैकक्षा नर्सरीदेखि १० सम्मको अर्धवार्षिक परीक्षाको नतिजाफल प्रकाशन तथा कक्षागत रुपमा परामर्श कार्यक्रमसमेत गरिएको सह प्रधानाध्यापक किशोर कुमार खनालले बताउनुभयो ।  विद्यालयमा यस वर्ष करीव ३६ सय विद्यार्थीहरु अध्धयनरत छन् ।