नेम्बाङको स्मृतिमा साहित्यकार डा: गोविन्द भट्टराइलाई सम्मान गरिने ।

प्रकाशित मिति:

पाँचथर- राजनीतिज्ञ तथा साहित्यकार फाल्गुनन्द गाँउपालिकाका निवर्तमान अध्यक्ष स्व। अमरकुमार नेम्बाङको नाममा स्थापित श्रष्टा सम्मान पुरस्कार यसबर्ष बरिष्ठ समालोचक साहित्यकार डा। गोविन्दराज भट्टराइलाई प्रदान गरिने भएको छ ।

अघिल्लो वर्षबाटै अमर नेम्बाङ लिम्बुस्मृति ट्रष्टको स्थापना गरि वितरण शुरू गरेको साहित्य पुरस्कार एकलाख धनराशिको छ । तर यस बर्ष उक्त पुरस्कार मध्ये पचासहजारश्रष्टालाई वितरण गरिने र बॅाकि पचासहजार विश्वलाइ नै स्तब्ध बनाएको सरूवारोग कोरोनाको महामारीबाट समुदायलाई जोगाउनका निमित्तट्रष्ट मार्फत पाँचथरका ८ वटै पालिकाहरूमा वितरण गरिने स्वास्थ्य सामग्री खरिदको राशिमा थपिने कुरा ट्रष्टका अध्यक्ष श्री मुनिन्द्र नेम्बाङलेजानकारी गराएको छ ।

नेम्बाङको नाममा स्थापित ट्रष्टले गत वर्ष देखिनै साहित्यसंगै सामाजिक, शैक्षिक र खेलक्षेत्रमा योगदान पुर्याएकाव्यक्तित्वहरूलाई कदर गर्दै, सम्मान स्वरूप पुरस्कार वितरण गर्नुका साथै समाजिक क्षेत्रमा सेवाको कार्यगर्न पनि थालिसकेको छ । स्वर्गीयअमर नेम्बाङ लिम्बुको स्मृति सभा यसपटक सधाझै यही माघ महिनाको २६ गते पाँचथर जिल्लाको सदरमुकाम फिदिममा गरिने भएको छ ।