‘नाचिदेउ वसन्ती’को उत्कृष्ट कभर भिडियो बनाउनेलाई एक लाख पुरस्कार

प्रकाशित मिति:

गायक दिल तामाङको म्युजिक भिडियो ‘नाचिदेउ वसन्ती’को कभर भिडियो बनाउने समयसीमा जनवरी २८ सम्म तोकिएको छ ।प्रोडक्सनले आइतबार एक सूचना जारी गर्दै ‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाइसक्नुपर्ने समय सीमा तोकेको हो । यसअघि नै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले भिडियो निर्माता कम्पनीले गीतको कभर भिडियो बनाउनेमध्ये एउटा उत्कृष्ट भिडियोलाई एक लाख नगदसहित सम्मान गर्ने जनाएको थियो ।