ग्रीन लाइफले माघ तेस्रो हप्ताबाट आइपीओ बिक्री गर्ने

प्रकाशित मिति:

काठमाडौं : ग्रीनलाइफ हाइड्रोपारले माघ तेस्रो हप्तादेखि आइपीओ निष्कासन गर्ने भएको छ । ग्रीन लाईफ र सानिमा क्यापिटल बिच सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा सो जानकारी दिइएको हो । सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा ग्रीन लाईफको तर्फबाट अध्यक्ष याङचेन डोमा लामा र सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् । हाइड्रोपावरले २०७७ माघ गतेदेखि लागू हुने गरी सानिमा क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

हाइड्रोपावरले यसअघि स्थानीय बासिन्दाले नकिनेको १६ लाख ९६ हजार ४०० कित्ता सेयर समेत गरी जम्मा ३४ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर बिक्रीमा ल्याउन लागेको हो । यसमा सामुहिक लगानी कोष, कर्मचारीलाई छुट्याएर बाँकी सेयर सर्बसाधारणमा बिक्रीमा आउने छ । बिहीबार मात्रै नेपाल धितोपत्र बोर्डले ग्रीनलाइफ हाइड्रोपावरलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ ।

ग्रीनलाईफ हाईड्रोपावर कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६६ साल आश्विन ०४ गते नेपाल सरकार उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा ग्रीनलाइफ इनर्जी प्रा।लि।को रुपमा दर्ता भई मिति २०७४ आषाढ ९ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो ।कम्पनीको प्रदेश नं। ३, दोलखाजिल्लाको गौरीशंकर गाउँपालिका ९तत्कालीनखारे तथामार्बु गा।वि।स। माबहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानीमिसाई आयोजना निर्माण गरी ४० मेगावाट क्षमताको विजुली उत्पादन गर्ने उद्देश्य अनुरुप २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।