‘अरबको खाडी’बोलको गीत सार्वजनिक

प्रकाशित मिति:

रोजगारीको सिलसिलामा विदेश उडेको युवाको कथा र पूर्वेली भाका समेटिएको ‘अरबको खाडी’बोलको गीत सार्वजनिक भएको छ । प्रेम चौलागाईको शव्द, चर्चित गायिका मिलन नेवार र रमेश प्रसाईको स्वरमा रहेको गीतलाई चर्चित संगीतकार राजनराज शिवाकोटीले संगीत भरेका छन् । ‘गीतमा नेपाली भुगोल, माटो, प्रेम र नेपाली युवाको दर्द उतार्ने प्रयास गरेको छु,’गीतकार चौलागाई भन्छन्, ‘वास्तवमा नेपाली युवाहरुलाई आफ्नो माटो छाडेर विदेश उड्दा पनि प्रेमले शक्ति र उर्जा दिन सकोस भन्ने सन्देश दिने प्रयास गीतले गरेको छ ।’प्रेम आदित्य च्यानलबाट सार्वजनिक भएको गीतको भिडियो निर्देशक राजेश पुमा राईले गरेका छन ।

म्युजिक भिडियोमा मोडेल योगेन्द्र राई र सेसुका राईले अभिनय गरेका छन् ।उक्त गीतमा टिकटक बनाएर सबैभन्दा बढी भ्यूज बटुल्ने संगीतप्रेमीलाई भ्यूज र ड्रेसअपको मूल्याकंन गरी गीतकार चौलागाईले पुरस्कारको ब्यवस्था गरेका छन् ।प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र सात हजार नगद पुरस्कारको ब्यवस्था गरिएको छ । टिकटिकमा गीत बनाएको ३५ दिनमा पुरस्कार हात पर्नेछ ।गायिका मिलन नेवार र संगीतकार राजनराज शिवाकोटीले पुरस्कार हस्तान्तरण गर्नेछन् । साथै उत्कृष्टलाई अर्को गीतको भिडियोमा मुख्य अभिनयको अवसर प्रदान गरिने छ ।