इनरव्हिल क्लबद्वारा पीडितलाई सहयोग

प्रकाशित मिति:

भैरहवा । “सेवा नै ठूलो धर्म हो” भन्न्ने नारालाई आत्म साथ गर्दै ईनरव्हिल कल्ब अप लुम्बिनीले जिनुवा कपिलवस्तुका सागर थारुलाई नगद सहयोग गरेको छ । माघ १० गते पीडित परिवारलाई भेटी नगद रु. १३ हजार सहयोग गरेको छ ।

टाउकोमा पानी जमेर युसिएमएस भैरहवाको आई सि युको बेड नम्बर १२ मा रहेका जिनुवा कपिलवस्तुका २६ वर्षीय सागर थारु माघ ३ गतेदेखि पैसा अभावका कारण मृत्युुसँग अचेत अवस्थामा लडिरहेका छन् । टाउकोमा पानी जमेको र अप्रेसन गर्दा २ लाख खर्च हुने अस्पतालले भने पछि परिवारले सो पैसा जुटाउन नसक्दा समस्या परेको छ ।

क्लबले गरिब र दिन दुःखीलाई सहयोग गर्दै आएको र क्लबको सानो सयोगले कसैले नयाँ जीवन पाउँछ सहयोग गर्न सदैव तयार रहने अध्यक्ष रचना क्षेत्रीले बताउनुभयो । आर्थिक अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने भावनाले सहयोग गरेको कल्बका इडिटर नारायणी नेपालले बताउनुभयो । क्लबका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।