अग्रज पत्रकार भट्टराईकाे नेतृत्वमा गठन भयाे रुपन्देहीमा प्रचार समिति

प्रकाशित मिति:

बुटवल – अग्रज पत्रकार सिद्धिचरण भट्टराईकाे संयाेजकत्वमा रुपन्देहीमा नेकपा (दाहल – नेपाल समूह) ले ५१ सदस्यिय जिल्लास्तरिय प्रचार समिति गठन गरेकाे छ ।

समितिकाे सहसंयाेजकमा प्रेस संगठन नेपालका पुर्व अध्यक्ष भुवन कार्कि र सचिबमा गुनाराम घिमिरे चयन भएका छन् ।

यसैगरि सचिवालय सदस्यहरुमा यानेन्द्र जिसि, रुद्रहरि कुवर, विपि गाैतम, अाेम पंगेनि, कमल रायमाझि, नरेश केसी, दिवाकर पन्थि र सरु राना चयन भएका छन् ।

यसैगरि जिल्लाकाे सबै निर्वाचन क्षेत्रमा अलग प्रचार समिति पनि गठन गरिएकाे छ । क्षेत्र नमवर १ मा टंक सुनार संयाेजक तथा पशुपति यादब र दिपक न्याैपाने सहसंयाेजक रहेकाे ७ सदस्यिय प्रचार समिति गठन भएकाे छ ।
क्षेत्र नम्बर २ मा माेहन न्याैपाने सहसंयाेजकत्वमा ७ सदस्यिय प्रचार समिति, क्षेत्र नम्बर ३ मा शंकर प्रसाद पान्डे संयाेजक तथा माधब न्याैपाने र रबिन्द्र गुप्ता सहसंयाेजक रहेकाे ११ सदस्यिय समिति गठन भएकाे छ ।
यसैगरि क्षेत्र नम्बर ४ मा राजकुमार धवल संयाेजक र अस्लम खान सहसंयाेजक तथा क्षेत्र नम्वर ५ मा बिन्दुकुमार चाैहान संयाेजक रहनेगरि प्रचार समिति गठन गरेकाे प्रचार प्रसार समितिकाे सचिव गुनाराम घिमिरेले बताए ।

यसैबिच प्रचार समितिकाे अायाेजनामा माघ १३ गते रुपन्देहीका सबै मिडियाका सम्पादक, लेखक तथा अग्रज पत्रकारहरुबिच संसद पुनरस्थापनाकाे बिषयमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएकाे छ ।