शितगंगामा बाबू द्धारा छोरी हत्या

प्रकाशित मिति:

अराज वेलवासे । शितगंगा नगरपालिका २ झिर्रामा बाबुले आफ्नै छोरीको हत्या गरेका छन ।

स्थानिय २४ बर्षिय सन्तोष घिमिरेले आफ्नै छोरी २ बर्षिय सृष्टि घिमिरेको रसीले घाटीमा कसेर हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो । बिगत केही समय देखि श्रीमती सँगको बिवादले श्रीमती माइतमा बस्दै आएकी थिइन बाबु सँगै बसेकी छोरीको बाबुले हत्या गरेको प्रहरील जनाएको छ ।