बैमानी छौकी छैनौ बाइ” लामो समयपछि सार्वजनिक

प्रकाशित मिति:

पुनम गौतम -पोर्तुगल, माघ ११ लामो समय पछि हमाल म्यूजिकको गित सार्वजनिक भएको छ । मेलिना राई र गोविन्द पंगेनीको स्वरमा रहेको बैमानी छौकी छैनौ बाइ” बोलको गित अहिले सर्बत्र बजारमा उपलव्ध रहेको छ । पछिल्लो समय आधुनिक गितबाट निकै चर्चामा आएकी गायिका राईको स्वरमा रहेको यो लोकगित पछिल्लो समय सर्वाधिक मन पराईएको छ ।

कुमार केसीको निर्देशनमा तयार पारिएको यस गितमा विवश ठकुरी र यन्सु श्रेष्ठले मोडलिड्डको भूमिका निर्वाह गरेका छन् । माया पिरतीको मिठा कुरा गरिएको यस गित पछिल्लो समय युवा पिढीमा निकै लोकप्रिय हुनेमा विश्वस्त रहेको हमाल म्यूजिकका म्यानेजिड्ड डाईरेक्टर सज्जन हमालले जानकारी दिनुभयो । अरु जस्तो बेइमानी हौंकी होईनौ बाई, लेखेको पाईने देखेको नपाईने, भन्दै गितले आधुनिक युवा जोडीहरुलाई प्रश्न गर्दै माया गर्ने खालको भिडियो निर्माण गरिएको छ । पछिल्लो समय युवाहरुमा हुने मायामा धोका खानेहरुलाई पहिले नै प्रश्न गर्दै माया लगाउन सिकाइएको भान हुने यो म्युजिक भिडियोले बजार तताउने हमाल म्युजिकले जनाएको छ । म्युजिक क्षेत्र सहित पोर्तुगलमा व्यवसायिक क्षेत्रमा समेत मौलाएका हमाल परिवारको यो आफ्नै अफिसियल म्यूजिक कम्पनी हो ।