धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसको १२ औँ बार्षिकोत्सव सम्पन्न

प्रकाशित मिति:

सबलपोस्ट / गुल्मी – गुल्मीको पश्चिम क्षेत्रमा रहेको धुर्कोट परमानन्द भण्डारी बहुमुखि क्याम्पसको १२ औँ बार्षिकोत्सव तथा ११ औँ क्याम्पस सभा आज सम्पन्न भएको छ । धुर्कोट गाउँपालिकाको उच्च शिक्षाको धरोहरको रुपमा रहेको उक्त क्याम्पसले आज क्याम्पसको १२ औँ बार्षिकोत्सव तथा ११ औँ क्याम्पस सभा मनाएको हो । उक्त कार्यक्रममा क्याम्पस प्रमुख कृष्णप्रसाद भण्डारीले आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गनुभएको थियो । क्याम्पस सँचालक समितिका कोषाध्यक्ष युवराज भण्डारीले करिब २ करोड ३४ लाख ५८ हजार ९३ रुपैँया ४४ पैसा बराबरको आयव्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै क्याम्पस प्रमुख कृष्णप्रसाद भण्डारीले क्याम्पसले टाढाबाट अध्ययन गर्न आउने विद्यार्थिहरुको लागि निःशुल्क छात्रावासको व्यवस्था गरिएको र हालसम्म ५ जना विद्यार्थिहरु निःशुल्क रुपमा बसि अध्ययन गरिरहेको बताउनुभयो । त्यस्तै उहाँले ९ कोठे भवनको निमार्ण कार्य सुरुवाती चरणमा रहेको पनि बताउनुभयो ।

सोहि अवसरमा धुर्काेट गाउँपालिका ५ वस्तु ब्यारेघर निवासि इन्जियर प्रकाश भण्डारीले क्याम्पस सञ्चालनको लागि रु १ लाख एक सय रुपैँया सहयोग गर्नुभएको थियो । उहाँले क्याम्पसलाई सहयोग गरी आफ्नो बाबा नारायण भण्डारीलाई क्याम्पसको सम्मानार्थ विशिष्टि सँस्थापक सदस्य बनाउनुभएको छ । त्यस्तै क्याम्पसका उपप्राध्यापक धर्मराज रिजाल शर्मा, शिक्षकहरु हरी खत्रि, उम खड्का सावित्रा भण्डारी र चुरामणि घिमिरे लगायतले समग्रमा रु २५ हजार १ सय रुपैया सहयोग गरी क्याम्पसको विशिष्ट सदस्य बन्नु भएको छ ।

धुर्कोट गाउँपालिका ५ वस्तु निवासि क्याम्पसका जग्गादाता युवराज पाण्डेका छोरा लुमाकान्त पाण्डेले रु २५ हजार सहयोग गरी क्याम्पसको विशिष्ट सदस्य बन्नुभएको छ । त्यस्तै क्याम्पसका स्वर्गीय सँस्थापक सदस्य शिक्षाप्रेमि समाजसेवि लालमणि भण्डारीका छोरा गणेशप्रसाद भण्डारीले आफ्नो बुबा लालमणि भण्डारी तथा आमाको नाममा रु १ लाखको अक्ष्यकोष स्थापना गर्नुभएको छ ।

सोहि अवसरमा आफ्ना भनाई राख्दै लुम्बिनि प्रदेश गुल्मी क्षेत्र नं. २ ‘ख’ का सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि दिनेश पन्थिले प्रदेश सरकारबाट हुने सबै सहयोग आफुले गर्ने बताउनुभयो ।

त्यस्तै सोहि कार्यक्रमका विशेष अतिथि तथा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले क्याम्पसको जिम्मेवारी प्रदेश सरकारले लिएपनि त्यसको जिम्मेवारी स्थानिय सरकारले पुरा गरेको बताउनुभयो ।

क्याम्पस सँचालक समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षता रहेको थियो । कार्यक्रममा क्याम्पसका विद्यार्थी रमेश पाण्डेको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा लुम्बिनि प्रदेश प्रदेश गुल्मी क्षेत्र नं. २ ‘ख’ का सदस्य दिनेश पन्थीको  प्रमुख आथित्यता, धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, रेसुुङ्गा नगरपालिका उपाध्यक्ष सिता भण्डारी, धुर्कोट गाउँपालिका उपाध्यक्ष शिबबहादुर खत्रिको विशेष आथित्यता रहको थियो । त्यस्तै पुर्व माननिय तथा क्याम्पस सँचालक समितिका पुर्व सदस्य टँकप्रसाद पोखरेल, क्याम्पस सँचालक समितिका पुर्व अध्यक्ष प्रेमनारायण भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सदस्य नरेश भण्डारी, रेसुुङ्गा बहुमुखि क्याम्पस प्रतिनिधि विष्णुकान्त पन्थि, जनज्योति क्याम्पस प्रमुख देविराम भुसाल, धुर्कोट गाउँपालिका सदस्य कमला घर्ति,

धुर्कोट गाउँपालिका वडा न.ं ५ का वडाध्यक्षहरु, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धुर्कोट गाउँपालिका वडा न.ं ५ वस्तु इन्चार्ज युवराज भण्डारी, नेपाली काँग्रेश वडा पार्टी सभापति ताराप्रसाद भण्डारी, राष्र्टिय जनमोर्चा वडाअध्यक्ष झविन्द्र भण्डारी, सम्मानार्थ विशिष्ठ सदस्यहरु, सँस्थापक सदस्य रुमाकान्त भण्डारी, नेपाल सरकार उपसचिव खिमानन्द पाण्डे, क्याम्पस सँचालक समितिका पदाधिकारीशहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक एबम् प्रनितिधिहरु, जनप्रतिनिधिहरु, लगायतको आथित्यता रहेको कार्यक्रममा चन्दादाता, सुरक्षाकर्मि, पत्रकार, अभिभावक लगायतको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा अतिथिहरुले आआफ्नो मन्तव्य राख्नुभएको थियो । क्याम्पस सँचालक समितिका उपाध्यक्ष युवराज भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक ऋिषिराम पाण्डेले गर्नुभएको थियो ।