कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका ६ जिल्ला मा सुरु हुने

प्रकाशित मिति:

कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका ६ जिल्ला मा सुरु हुने छ। पहिलो चरणमा फन्टलाइनमा खटिएका सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई खोप लगाइने गरि तयारी भैरहेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड विरुद्धको खोपको व्यवस्थापन लुम्बिनी प्रदेश संयोजक डा बिकास देबकोटाका अनुसार भोली खोप अभियानको प्रधानमन्त्री निवास बालुवाटारवाट औपचारिक उदघाटन सुरु गर्ने बताए।लुम्बिनी प्रदेशमा भने मुख्यमन्त्री शंकर पोखरेलले सुभारम्भ गर्ने र खोपलगाउन सुरु गर्ने प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरीले बताए ।लुम्बिनी प्रदेशका ११ जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुनेछ। ११ मध्ये ६ वटा तराइका जिल्लामा १४ गते र अन्य ५ वटा पहाडी जिल्लामा १७ गते खोप अभियान सुरु हुने बताइएको छ।बुधबारका लागि रुपन्देही जिल्लाको भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालबुटबल कपिलवस्तु जिल्ला अस्पताल, दाङमा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान राप्ति प्रादेशिक अस्पताल, भेरी अस्पताल बाँके र जिल्ला अस्पताल बर्दियामा खोप केन्द्र तोकिएको छ।