गणस्तरिय शिक्षाका लागि शिक्षकलाई तालिम

प्रकाशित मिति:

हापुरे, माघ । तल्नो कक्षाको पढाई सिकाईलाई उपलब्धी मुलक बनाउनका लागि बबई गाउँपालिकामा रहेका शिक्षकलाई दुई दिने तालिम दिन सुरु गरिएको छ । शिक्षा बिकास तथा समन्वय ईकाई घोराहीको आयोजना तथा बबई गाउँपालिकाको ब्यबस्थापनमा तालिम दिन सुरु गरिएको हो ।

तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले शैक्षिक सुधारका लागि साना बालबालिकाको पढाईमा ध्यान दिनुपर्ने बताउनुभयो । उत्तीर्ण गराउने बिषयलाई बढी प्राथमिकता दिइएको उल्लेख गर्दै अध्यक्ष पौडेलले गुणस्तरिय शिक्षाका लागि अभिभावक र शिक्षकको भूमिका महत्वका रुपमा रहने बताउनुभयो ।

कार्यक्रममा बबई गाउँपालिमा रहेका शिक्षकलाई कक्षा १ देखि ३ सम्मको पाठ्य प्रबोधिकर तालिमका रुपमा शिक्षकलाई तालिम दिन सुरु गरिएको छ । भोलीसम्म सञ्चालन हुने तालिमको प्रशिक्षकमा जनता माबि हंसपुरका प्रधानाध्यापक मोहनकुमार दाहाल, सरस्वती माबि चरकमटियाका शिक्षक बासुदेब मल्ल,बबई गाउँपालिकाका प्रास रामचन्द्र वली रहनुभएको छ ।