सोमनाथ बाबा क्याम्पस सुनवलद्धारा बि।बि।एस। चौथो बर्षका विद्यार्थीहरुलाई विदाई ।

प्रकाशित मिति:

रामु भुसाल,पश्चिम नवलपरासी सुनवल १ स्थित सोमनाथ बाबा क्याम्पसले बि।बि।एस। चौथो बर्षका बिद्यार्थीहरुलाई मगलबार एक कार्यक्रमका बिच बिदाई गरेको छ । बि।बि।एस। चार बर्षे व्यवस्थापन तर्फको अन्तिम परिक्षा दिएका बिद्यार्थीहरुलाई बिदाई गर्दै थप शैक्षिक सफलताको शुभकामना सहित क्याम्पसले बिदाई गरेको हो । क्यम्पस प्रमुख थमन शेरचनको अध्यक्षता एवम् क्याम्पस संचालक समितिका अध्यक्ष रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा बोल्दै प्रमुख अतिथि पौडेलले विद्यार्थीहरुलाई थप शैक्षिक सफलताको शुभकामना ब्यक्त गर्दै शिक्षाको मापन योग्यताको प्रमाण पत्रले मात्र नभई व्यबाहारीक र कार्यशैलीले हुने बताउदै क्याम्पसलाई राम्रो र सुबिधा सम्पन्न बनाउन आफु कटिवद्ध रुपले लागि पर्ने र यसमा विद्यार्थी, शिक्षक र समाजको समेत अपरिहार्य भुमिका रहने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका अध्यक्ष तथा क्यम्पस प्रमुख थमन शेरचनले नयाँ व्यवस्थापनका साथ गत बर्ष स्थगित भएका बि।बि।एस। कक्षाहरु यस शैक्षिक सत्र देखि नियमित संचालन गर्ने जानकारी गराउनु भयो । सो कार्यक्रममा सस्थापक एवम् निर्वतमान क्याम्पस प्रमुख शंकर प्रसाद गौतम, क्याम्पस संचालक समिति सदस्य थिरलाल शर्मा, बिद्यार्थीको तर्फ बाट अनुप न्यौपाने, लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा संचालक समिति सदस्य ईश्वरी भण्डारी, सदस्य सचिव सुर्वणराज उपाध्याय, सोमनाथ माध्यामिक विद्यालयका प्रअ रेश्मिराज भट्राई, प्रध्यापकहरु विकास आर्चाय , सोमन्त खनाल निर्वतमा बि।बि।एस। संयोजक गिता पौडेल निर्वतमान विद्यालयका प्र।अ। विनोद पौडेल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा क्याम्पसका तर्फ बाट बिदाई हुने बिद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेको थियो भने बि।बि।एस। अध्यायन पुरा गरेका विद्यार्थीहरुले पनि प्रध्यापन गराएका प्रध्यापकहरुलाई सम्मान गरेका थिए । प्रध्यापक नरेश्वर पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन प्रध्यापक खगराज उपाध्यायले गर्नुभएको थियो ।