लक्की ड्र का विजेतालाई ईसिएस्सीद्धारा ल्यापटप प्रदान

प्रकाशित मिति:

विगत २२ बर्ष देखि रुपन्देहीमा कम्प्युटर सम्बन्धी सम्पूर्ण कार्य गर्दै आएको ईसीएस्सी गु्रप बुटवलले लक्की ड्र मार्फत ल्यापटप प्रदान गरेको छ । विगत एक महिना देखि ल्यापटप खरिद गरेका ग्राहकहरु मध्येबाट तिन जना ग्राकहरुलाई विभिन्न प्रकृतिको ल्यापटप प्रदान गरिएको हो ।शुक्रबार एक कार्यक्रमको आयोजना गरी  एसर कम्पनीको आई ३ ल्याप टप प्राप्त गर्न सफल भएका ईन्द्र बहादुर सुनारलाई प्रदान गरिएको छ । यस्तै आई फाईभ ल्यापटप नवलपरासी जिल्लाकी अस्मीता पुराजुलीलाई परेको छ भने आई ७ ल्यापपट नेपाः ईन्टरनेशनल काठमाण्डौलाई परेको छ ।कुल १ सय ४० वटा ल्यापट एक महिनाको अवधीमा विक्रि भएको ईसीएसी ग्रपका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले जानकारी दिए । प्रबन्ध निर्देशक सञ्जय पाण्डेका अनुसार विगत पश्चिमाञ्चल फाईनान्स विल्डीङ्गमा रहेको प्रतिष्ठान अहिले मिलनचौक आफ्नै घरमा सरेको छ । जहाँबाट ब्रान्डेड विभिन्न कम्पनीका ल्यापटप, कम्प्युटर विक्रि वितरणको साथै मेन्टनेन्सको समेत काम  हुदै आएको छ ।