कञ्चनमा महिलालाई बलत्कारको प्रयास गर्ने एक युवा प्रहरीको हिरासतमा

प्रकाशित मिति:

१५ माघ,कञ्चन-रुपन्देही जिल्ला कञ्चन गाउपालिकामा एक महिला माथी बलत्कारको प्रयास गर्ने कञ्चनकै युवा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानका लागि हिरासतमा राखेको छ। घरमा सुतिरहेको महिलामाथी बलत्कारको प्रयास गर्ने कञ्चन ४ अस्नैयाका टोप बहादुर थापालाई पिडित महिलाकै सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यलय,रुद्रपुरका अनुसार आरोपित थापाले गत मंगलवार राती महिलाको घर पछाडीको झ्यालबाट चढी छतमा गएर महिला सुतिरहेको कोठामा गई बलत्कार गर्ने प्रयास गरेको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय सालझण्डीमा पठाइएको छ। इलाका प्रहरी कार्यलय,सालझण्डीले भने अरोपित थापाको थप अनुसन्धानका लागि म्याद गरि अनुसन्धान कार्य भइरहेको जनाएको छ।

एक्कासी आफ्नै घरमा आएर आफुलाई बलत्कार गर्ने प्रयास गरे पछि “मलाई तिर्खा लागेको र पानी खाएर आएपछि जे गरेनी गरौला भनी बलत्कृत हुनबाट बचेको र अर्को कोठामा गई भित्रबाट चुकुल लगाएर प्रहरीको हटलाइन नम्वर १०० मा फोन गरी आफुले सुरक्षा मागेको” पिडित महिलाले बताइन।