भोलिदेखि चौथो सन्जिवनी नकआउट फुटबल सुरु हुने

प्रकाशित मिति:

रुपन्देहीको तिलोत्तमा— १४ स्थित सन्जिवनी युवा क्लबको आयोजनामा शुक्रवारदेखि चौथो सन्जिवनी नकआउट फुटबल हुने भएको छ । बढ्दो लागु औषध दुब्र्यसन नियन्त्रण तथा शहिदहरुको सम्झनामा हुन गइरहेको प्रतियोगितामा रुपन्देही सहित नवलपरासीका गरी १६ टिम सहभागि हुने बिहीवार आयोजित पत्रकार सम्मेलन मार्फत क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले बताए र्। स्थानिय स्तरका खेलाडीको प्रतिभा प्रष्फुटन र खेलमार्फत मैत्रीभाव अघि बढाउने उद्धेश्यले क्लबले स्थापनादेखि नै फुटबल प्रतियोगिता गर्ने गरेको उनले जानकारी दिए ।

खेलमा प्रथम हुनेका लागि १ लाख सहित ट्रफी, प्रमाणपत्र, द्धितीय हुनेका लागि ५० हजार र ३ उत्कृष्ट विधाका खेलाडीलाई नगदसहित सम्मान गरिने खेल संयोजक खिमबहादुर थापाले बताए । क्लबले फुटबल प्रतियोगिता गर्ने पहिचान नै बनाइसकेकाले यसका लागि भरपुर तयारी गरेर अघि बढिरहेको थापाले बताए । स्थानिय क्लबले देखाएको सक्रियतामा टोल विकास संस्थाले सहयोग गर्ने बागधुरा—देवीनगर टोल विकास संस्थाका संयोजक भुपालसिंह छन्त्यालले बताए । उनले खेलले विभिन्न स्थानका युवा बीच भँइचाराको सम्बन्ध समेत अघि बढाउन सहयोग गर्ने भन्दै युवाको खेलप्रतिको रुचि र प्रतियोगिता गर्ने तत्परताले महत्वपुर्ण भुमिका खेलेको जनाए ।सन्जिवनी नकआउट फुटबलको तेस्रो संस्करण बेलहियाको खुकुरी युवा क्लबले हात पारेको थियो । प्रतियोगिता माघ १६ गतेदेखि फागुन १ गतेसम्म चल्नेछ ।