नेप्से १६ अंक घट्दा पनी कारोबार रकममा नयाँ रेकर्ड

प्रकाशित मिति:

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १६ अंकले घटेको छ। घटेको बजारमा कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ। बुधबार अधिकाँश बैंकहरुले नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेपछि त्यसको असर शेयर बजारमा देखिएको छ। यस दिन बैंकिङ्ग उपसमूहको सूचक सबैभन्दा धेरै २।३४ प्रतिशतले घटेको छ भने विकास बैंक हाइड्रोपावर र फाइनान्स उपसमूहमा पनि गिरावट देखिएको छ। यस दिन निर्जीवन बीमा उपसमूहको सूचक भने ३।३८ प्रतिशतले बढेको छ।

बिहीबार नेप्से सूचक १६।५५ अंकले घटेर २४२५।२९ अंकमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ४।३२ प्रतिशतले घटेको छ। बिहीबार कारोबार रकममा भने नयाँ रेकर्ड बनेको छ। २०९ वटा कम्पनीको २ करोड १९ लाख १७ हजार ९७२ कित्ता शेयर ९ अर्ब ७४ करोड ८० लाख २२ हजार रुपैयाँमा खरिद बिक्री हुँदा नयाँ रेकर्ड बनेको हो। यस दिन शिखर इन्स्योरेन्स र सुर्योदय लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको ९।९८ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ९।९७ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको ९।९७ प्रतिशतले बढेको छ।

यता हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा धेरै ६।७८ प्रतिशतले घटेको छ भने गुडविल फाइनान्सको ५।९७ प्रतिशत, मिथिला लघुवित्तको ५।८२ प्रतिशत, गुँरास लघुवित्तको ५।७७ प्रतिशत र प्रोग्रेसिभ फाइनान्सको ४।७९ प्रतिशतले घटेको छ। बिहीबार पनि नेपाल लाइफको सबैभन्दा धेरै ५७ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ३२ करोड १० लाख, पुनर्बीमा कम्पनीको ३२ करोड २ लाख, एनआइसि एशिया बैंकको २८ करोड ६० लाख र शिखर इन्स्योरेन्सको २७ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।