काठमाडौं, माघ । खेम सेञ्चुरी र सुमन थापा मगरको स्वरमा रहेको लोकगीत ‘झ्यालमा पर्दा छ ले करोड भ्युज नोघको छ। बजारमा आएको तीन महिनामै गीतले करीब एक करोड २० लाख भ्युज पाएको छ। करोड भ्युज नाघेपछि कलाकारले केक काटेर खुशीयाली मनाएका छन्।गीतमा सेञ्चुरी आफैँले सङ्गीत भरेका छन् भने नेत्र अर्यालले लेखेका हुन्। गीतमा विनोद बाजुरालीले सङ्गीत संयोजन गरेका छन्।
म्युजिक भिडियोमा पत्रकार ऋषि धमलादेखि लोक दोहोरी गीत क्षेत्रका अधिकांश चर्चित कलाकारलाई सहभागी गराइएको छ।गीत केही दिनअघि करोड क्लबमा पुगे पनि सेञ्चुरीले आज आफ्नो जन्मदिन पारेर करोड क्लब सेलेबेरेशन मनाएका हुन्। सेञ्चुरीले आजै नयाँ गीत ‘उखु गुलियो’ सार्वजनिक गरेका छन्। यो गीतमा चन्द्र शर्मा र जानुका तामाङले स्वर दिएका छन्। लय सेञ्चुरीको हो भने शब्द नेत्र अर्यालको रहेको छ। गीतमा सेञ्चुरी, अञ्जली अधिकारी, जुना सुन्दास, करिष्मा ढकाल, गीता ढुङ्गना र लोसिना लामिछानेले अभियन गरेका छन।