सरस्वती मा.वि. भरतपुरमा वृत्ति–मार्गनिर्देशन कार्यक्रमको सातौ सत्रको तालिम सम्पन्न

प्रकाशित मिति:

दाङ, माघ १६ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ स्थित सरस्वती माध्यमिक विद्यालय भरतपुरमा कक्षा १० का विद्यार्थीहरुका लागि वृत्ति–मार्गनिर्देशन कार्यक्रम सम्पन्न गरिएको छ । कक्षा ९ मा ६ दिनेको र कक्षा १० एक दिनको गरी सात दिने बृत्ति मार्ग निर्देशन कार्यक्रमको सातौ सत्रको तालिम आज शुक्रवार सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिनुभयो । वृत्ति मार्गनिर्देशन कार्यक्रममा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीको क्षमताको पहिचान, रुची र खुबी अनुसारको बृत्ति छनौट, बृत्ति र जागिरबारे बिस्तृत जानकारी, नेपालको शिक्षा प्रणाली, आफ्नो बृत्ति निर्माण तथा त्यसको कार्यान्वयनका बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

आफ््नो वृत्तिप्रति सचेत नहुँदा विद्यार्थीमा थुप्रै समस्या आएपछि विद्यार्थीले आफुलाई उचित हुने वृत्ति पत्ता लगाई सोही बाटोमा अगाडी बढाउने उद्देश्यले बृत्ति मार्ग निर्देशन कार्यक्रम कार्यान्वयनमा छ । सातौ दिनको तालिममा कक्षा ९ विद्यार्थीहरुले पढ्दा बनाएको आफ्नो योजनाको पुर्नताजगी गर्दै आफ्ना योजनाबारेमा पुनारावलोकन गराउने ब्यवस्था रहेको छ ।सरस्वती माध्यमिक विद्यालय भरतपुरका प्रधानाध्यापक बसन्ता पौडेलको सभापतित्वमा भएको तालिमको सहजिकण वृत्ति मार्गनिर्देशक शिक्षक हेमराज शर्मा र एन्जिल के.सी.ले गर्नु भएको थियो ।यसैबिच दाङका ५ वटा सामुदायिक विद्यालयमा दोस्रो चरणको वृत्ति–मार्गनिर्देशन कार्यक्रम कायान्वयनमा रहेको छ । माध्यमिक तहको पढाईको शुरुमै कक्षा ९ मा पढ्ने विद्यार्थीलाई आफूले जीवनमा गर्ने काम बारे बिस्तृत योजना बनाउन सहयोग गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको छ ।

दाङका सरस्वती माध्यमिक विद्यालय भरतपुर, गंगा मावि., रझेना मावि, महेन्द्र मावि धर्ना र हापुर रतनपुरमा कार्यक्रम कार्यान्वयनमा रहेको छ । कार्यक्रम कार्यान्वयनका लागि छनौट गरिएका सामुदायिक विद्यालयका दुई जना शिक्षकलाई सात दिनको प्रशिक्षण दिइएको छ । ती तालिम प्राप्त शिक्षकले वृत्ति मार्गनिर्देशक शिक्षक मार्फत कक्षा ९ मा ६ दिने र ती विद्यार्थीले १० कक्षामा पुग्दा थप एक दिनको तालिम दिने व्यवस्था गरिएको छ ।१४ देखि १८ बर्षसम्मका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित कार्यक्रम कार्यान्वयनमा ल्याएको कार्यक्रम कार्यान्वयन संस्था अन्तरङ्ग साइको सोसल रिसर्च एण्ड टे«निङ इन्स्टिच्युट, काठमाडौंका मनोविद् तथा कार्यक्रम निर्देशक सुषमा रेग्मीले जानकारी दिनुभयो ।बृत्ति मार्ग निर्देशन कार्यक्रमबाट विद्यार्थीहरुले आफ्नो लागि सही वृत्ति छान्ने गरेको,बृत्ति–विकासबारे स्पष्ट दृष्टिकोण बनाउने गरेको, आफुले छनौट गरेको वृत्ति पथमा अगाडि बढ्न आवश्यक सीपको बारेमा सचेत हुने गरेको र वृत्ति–विकाशको लागि जीवनमा आउने अवसरहरूको प्रयोग गर्न सक्ने हुने गरेको निर्देशक रेग्मीले बताउनुभयो ।

नेपाल सरकार तथा स्वीस सरकारको सहकार्यमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटीईभिटीको नेतृत्वमा कार्यक्रम सञ्चालनमा आएको छ । त्यसमा हेल्भेटास नेपालको दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको प्राविधिक सहयोग छ ।बृत्ति मार्ग निर्देशन कार्यक्रमबाट विद्यार्थीहरुले आफ्नो लागि सही वृत्ति छान्ने गरेको,बृत्ति–विकासबारे स्पष्ट दृष्टिकोण बनाउने गरेको, आफुले छनौट गरेको वृत्ति पथमा अगाडि बढ्न आवश्यक सीपको बारेमा सचेत हुने गरेको र वृत्ति–विकाशको लागि जीवनमा आउने अवसरहरूको प्रयोग गर्न सक्ने हुने गरेको छ ।