शान्ति नमुनामा शहिदको सम्झना

प्रकाशित मिति:

तिलोत्तमा, माघ १६ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आज शुक्रबार शहिदको सम्झनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले शहिदको वास्तविक सपना अझै पनि पुरा नभएको भन्दै त्यसलाई पुरा गर्नका लागि आजका बालबालिकाले भोली देशको सक्षम नेतृत्व गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विद्यालयका अङ्ग्रेजी माध्यमका संयोजक दिपेन्द्र शाक्य, कक्षा १० मा अध्ययनरत छात्र कुशल आचार्य र कक्षा ९ मा अध्ययनरत छात्रा सिमा न्यौपानेले शहीद दिवशको सान्दर्भिकता र शहिदको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।यसअघि शहिदहरुको तस्विरमा माल्यापर्ण र एक मिनेट मौन धारण सहित उहाँहरुको स्मरण र सम्मान कार्यक्रम गरिएको शिक्षक दिनेश खड्काले जानकारी दिनुभयो ।