नवीन विद्यार्थी क्लबद्वारा सहिद दिवसको अवसरमा सहयोग कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

मधुसूदन नेपाल – नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालय मातहतमा रहेको नवीन विद्यार्थी क्लबले सहिद दिवसको अवसर पारी नेपाल अपाङ्ग आश्रममा खाद्यान्न , लत्ताकपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम समापन गरेको छ ।

क्लबले बुटवल देविनगर स्थिती आश्रममा आश्रित ३० जनालाई बुधबार सहयोग कार्यक्रम गरेको थियो । तीमध्ये करिब १८ जना युवायुवती ६ जना बृदा ६”जना केटाकेटी छन । समाजका अध्यक्ष दोल बहादुर रामदामले सामाजिक उत्तरदायित्वस्वरुप क्लबले आश्रममा सहयोग गरेको जानकारी दिए ।

कार्यक्रम कमल पाण्डेको संयोजकमा गरिएको सहयोग कार्यक्रमा नेपाल अनाथ आस्रमा संस्थाका केही सदस्यहरुको उपस्थितिमा २ बोरा चाम्ल १ पेक तेल सम्पुर्णलाई जाडोको लागि न्यानो टोपी र केही जोड कपडा हस्तान्तरण गरि कार्यक्रम गरेको क्लबकी सदस्य रुस्मा क्षेत्रीले जानकारी दिन ।

“हामीले सहयोगको निम्ति पहिला केही विद्यार्थी मिलि सल्लाह गरेको र पछि विद्यालय रहेको विद्यार्थी क्लब द्वारा उक्त कार्यक्रम गर्ने निर्णय गरि क्लबमा छलफल गरेको र कार्यक्रमको निम्ति कार्यक्रम संयोजक छनोट गरि केही सदस्यहरुको टोलिमा बिभाजन गरि विद्यालय कक्षा ११ एवम् १२ गइ सम्पूर्ण बिद्यार्थी द्वारा सहयोगको अपिल गरिएको र विद्यार्थी पनि हाम्रो सोचाइ जस्तै सहयोग गरेको जानकारी दिए । हामीलाई सहयोग गर्नु भएको सम्पूर्ण सहयोगी मनहरुलाइ सम्पूर्ण संस्थाको तर्फबाट र आफ्नो तर्फबाट पनि धेरै धेरै धन्यवाद प्रकट गर्दछु” कार्यक्रम संयोजक कमल पाण्डेले । साथै यस कार्यक्रमलाई सफल पार्नको निम्ति सम्पूर्ण विद्यार्थी एवम् सदस्यहरुले धेरै सहयोग गरेपछी हामिले उक्त कार्यक्रम सम्पन्न गरेको र आफ्नो ब्यस्त समयको कारण क्लब अध्यक्ष उपस्थित हुन नसकेको पनि बताए ।

बिद्यार्थीहरुले विद्यालय विद्यार्थी क्लब खोली सकारात्मक प्रभाव पारेको र भविष्यमा उनीहरुको कारणले विद्यालयमा पहिला भन्दा केही परिवर्तन हुने आशामा विद्यालय परिवार रहेको शिक्षक जिवराज पन्थ बताउनछन। कार्यक्रममा क्लब सदस्य,विद्यार्थी र शिक्षक गरि नौ जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो।