प्रधानमन्त्रीको सनकले राष्ट्रको लोकतन्त्र खतरामा : पहाडी

प्रकाशित मिति:

प्रकाश न्यौपाने
माघ १६, नवलपरासी ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सनकले लोकतन्त्र खतरामा परेको मानव अधिकार तथा शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीले बताउनुभएको छ ।
मानव अधिकार तथा शान्ति समाज पश्चिम नवलपरासी जिल्ला शाखाको २० औं जिल्ला साधारणसभा तथा ११ औं जिल्ला अधिबेशन कार्यक्रममा बोल्दै पहाडीले सो कुरा बताउनुभएको प्रधानमन्त्रीको कारण लोकतन्त्र गम्भीर मोडमा पुगेको बताउदै उहाले देशमा गृहयुद्धमा जान सक्ने बताउनु भयो । राष्ट्रपति विद्यादेवी भन्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देशमा प्राप्त उपलब्धि गुम्ने खतरा आएको बताउदै उहाले संविधानलाई तोड्दै गृहयुद्धको दिशामा देशलाई धकेल्न अग्रसर रहेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल, संविधानसभा सदस्य विक्रम खनाल, शान्ति समाज नेपालका केन्द्रिय सभापति उत्तम पुडासैनी वरिष्ठ उपसभापति वरिष्ठ उपसभापति गोबिन्द खनाल लगायतका वत्ताहरुले बोल्दै संसद् विघटनका विरुद्ध नागरिक दवाव आवस्यक रहेको बताउनु भएको छ । कार्यक्रममा लोक कबि अर्जुन पराजुलिले कबिता मार्फत वर्तमान राजनीति अवस्था र देशको परिस्थितिलाई माथि चोटिलो ब्यङ्ग कविता प्रस्तुत गर्नु भएको छ ।