असार मसन्तसम्म सरकारले लालपुर्जा वितरण गर्छ : संसद ढकाल

प्रकाशित मिति:

सैनामैना, माघ १६ ।विकास निर्माणका काममा सबै एक जुट भएर काम गर्नुपर्ने लुम्बिनी प्रदेशका संसद तथा नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले बताउनु भएको छ । रुपन्देहीको गैडहवामा रहेको लुम्विनी रोडको गुलरिया देखि गैडहवा पर्यटकीय ताल जोड्ने सडकको सिलन्यास गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो — “चुनाव आउदाजता जेजेगरे गरौंला, राजनितिक विचार सबैका फरक फरक होलन तर विकास निर्माणका काममा हामी सबै एक जुट हुनु पर्छ, यो हाम्रो गाउँठाउँ हो, हामी मिलेर विकासका काम गर्नु पर्छ ।

यस्तै गैडहवाको मैनाहीयामा आर्को कालोपत्रे सडकको शिलान्यस गर्दै गाउँ गाउँमा विकासको लहर चलेको बताउनु भयो । भूमिहीन सुकुम्बासी समास्या समाधानका लागि काम अगाडी बढेकोले असार मसन्तसम्म लालपुर्जा वितरण गरिने उहाँको भनाई छ । यस्तै पार्टीमा आफ्नै मान्छेहरुले सरकारलाई काम गर्न नदिएको उहाँले आरोप लगाउनु भएको छ । प्रचण्ड—मधाव समुहले गुट खडा गरेर केपी ओली सरकारलाई काम गर्न नदिएको उहाँले बताउदै भन्नु भयो—“केपी ओलीले गरेका विकासका काम देखेर, केपी ओलीको लोकप्रियाता देखेर तर्सिएर आफु प्रधानमन्त्री हुन खोजेका कोही कोही मान्छेहरु प्रधानमन्त्री पदको लोभले गर्दा च्वाईटिएर आर्को पार्टि खोलेकाछन् ।

प्रदेश सरकारको लगानीमा निर्माण हुने गैडहवाको गुलरिया गैडहवा ताल जोड्ने सडक निर्माण लागत एक करोड र गैडहवाको मैनाहीया सितलडाँडा लुम्बिनी जोड्ने सडकको निर्माण लागत ३ करोड रहेको छ ।