अदालतको बारेमा कांग्रेसले बोल्दैन भन्ने भ्रम नराखौं, अदालतमा भइरहेको विषयमा कांग्रेस त बोलिसक्यो : गगन थापा

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसले अदालतको विषयमा बोलिसकेको मात्रै अदालतले न्याय दिने विश्वासमा मात्र रहेको बताएका छन् ।कांग्रेसले शहीद दिवसको अवसर पारेर शुक्रबार राजधानीमा आयोजना गरेको विरोध सभामा बोल्नै नेता थापाले संसदले अदालतको सम्मान राखेकोले अदालतले सम्मान राख्न आग्रह गरे । अदालतको बारेमा कांग्रेसले बोल्दैन भन्ने भ्रम नराखौं, अदालतमा भइरहेको विषयमा कांग्रेस त बोलिसक्यो र भन्यो, पुस ५ गतेको कदम असंबैधानिक हो ।’ उनले भने, ‘संविधानमा अदालतलाई स्वतन्त्र राख्ने गरि यही संसदको सम्मान राखेको हो अब अदालतले संसदको सम्मान राखोस् ।’

उनले कांग्रेसले संसद विघटनको सन्दर्भका स्पष्ट धारणा बनाइसकेको बताए । ‘पार्टीको जुन तहको नेता होस् पार्टीको निर्णयले बाँधिएको छ । पार्टीको निर्णय यही हो पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको काम असंवैधनिक हो ।’ उनले भने, ‘न्यायको हत्या नहोस्, दायाँ बायाँ कतै नहेर्नुस् न्यायको सम्मान गर्नुस् हामी चाहन्छौ अदालतले संसदको सम्मान गर्नेछ । उनले संसद विघटनका सन्दर्भमा प्रधानन्यायाधीशले पटक पटक उठाउँदै आएको बहुमत प्राप्त प्रधानमन्त्रीले सरकार चलाउन मन नलागे के गर्ने रु प्रसंग उठाउँदै भने, ‘श्रीमानको प्रश्नमा हामीले भनेका छौं, सरकार चलाउन मन नलागे घर जाने, घर जान मन नलागे वन जाने, त्यो भन्दा बाहेक यो संविधानले अरु केही भन्दैन ।’नेता थापाले संसारमा कुनै पनि देशको संविधानमा नभएको व्यवस्था हामीले हाम्रो संविधानमा राखिएको बताए । उनले प्रधानमन्त्रीले नेपालको संविधान बाहेक अरु संविधानको प्रयोग गर्ने कुरै नआउने बताए ।

उनले भने,‘संविधानले व्यवस्था गरेको दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने प्रावधानको भरमा दुई वर्ष संविधान सिरानीमा राखेर बस्ने आज भारत र बेलायतको संविधानमा भएको व्यवस्थाका कुरा गर्ने ति व्यवस्थाहरु चल्न भारत र बेलायत जानुस् ।उनले संविधानमा गरिएको व्यवस्था त्यसै अनुसार गर्न लेखिएको भन्दै अदालतलाई सोही अनुसार गर्न आग्रह गरे ।प्रधानन्यायाधीशलाई भन्न चाहान्छौं, हामीले नजानेर संविधानमा धारा लेखिएको हैन, संसद भंग गर्न पाउँछ भनेको भए, हामीले लेख्न नजानेको हो रु’ उनले भने, ‘सरासर २०४७ को संविधानको धारा ५३ जस्तो लेखिहाल्थ्यौं , बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विधटन गर्न नपाउने भएरै यो व्यवस्था राखिएको हो । संविधानमा यति कुरा लेख्दा पनि तल माथि हुन्छ भने प्रश्न उठ्छ । जवाफ दिनुपर्छ , अदालतले पनि लेखेको कुरा भन्ने हो काल्पनिक कुरा गर्न पाउँदैन ।उनले असंवैधानिक कदमको विरोध गर्दा अपहेलना हुने भए अपहेलनाको मुद्दा चलाउन चुनौती दिए ।उनले भने, ‘आज संविधानमा संसद विघटनको बारेमा नलेखिएको कुरा गलत हो भनेर कसैले भन्दै गर्दा नेपालको प्रधानमन्त्रीले विधीको शासनमा विश्वास गर्नुहुन्न, सेटिङमा विश्वास गर्नुहुन्छ भन्दा अदालतको अपहेलना हुन्छ भने हामी सबैलाई अपहेलनाको मुद्धा लगाइयोस् ।’