महिला हिंसा न्यूनिकरणका लागि सरकार प्रतिबद्ध रहेको प्रदेश न ५ का उपसभामुख थारुको भनाई

३० कार्तिक २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
3 Shares


प्रदेश नम्बर ५ प्रदेशसभा उपसभामुख कृष्णी थारुले हिंसा न्युनीकरणका लागि विचार र ब्यवहार परिबर्तन गर्नुपर्ने बताएकी छन् । प्रदेश सरकारको संरचना जिरोबाट शुरु भएको भन्दै उनले हिंसा न्युनिकरणका लागि सरकार प्रतिबद्ध भएको उल्लेख गरिन् ।थारुले हिंसा दबाएर बस्ने बानी सबैले हटाउनुपर्ने बताइन् ।अपराधिलाइ कारबाहि,आर्थिक शशक्तिकरण र दीगो जिबीकोपार्जनको बाटोमा महिलाहरुलाइ अगाडी बढाउनुपर्ने थारुको भनाइ छ । महिला हिंसा न्यूनिकरण तथा अबस्थाका सन्दर्भमा रिपोर्टर्स क्लव प्रदेश ५ द्वँरँ आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै थारुले हिंसा न्यूनिकरणका लागि सबैको चासो हुनुपर्ने उनको धारणा छ ।प्रदेश सभा ५ ले अहिलेसम्म २ वटा अधिबेशनमा १५ बिधेयक प्रमाणीकरण गरेको उनले जानकारी दिइन् । बिभिन्न बिषयगत समितिहरु बनेको बताउदै उनले कानुन बनेपनि कार्यान्वयनको पाटो अझैपनि फितलो रहेको उल्लेख गरिन् ।
पूर्व सांसद तथा संघीय समाजबादी फोरम नेपाल केन्द्रिय सदस्य कमला बिकले निर्मला पन्त बलात्कार र हत्याका दोषिलाइ राज्यले संबेदनशील भएर कारबाहिको दायरामा ल्याउनुपर्ने बताइन् ।
तीनै तहका सरकारले घटना हिंसा न्युनिकरणका लागि कानुन निर्माण गर्नुपर्ने बिकको धारणा छ । दोषिलाइ राज्यले उम्काउने प्रयास गरिरहेको भन्दै बिकले दोषि जुन पार्टी र सम्बन्धको भएपनि कारबाहिको दायरामा ल्याउनेपने बताइन् ।पूर्व सांसद तथा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बिनोद पहाडीले मुलुकमा दण्डहिनता मौलाउदै गएको बताए । राज्यसंग धेरै सम्यन्त्र हुदा पनि राज्य दण्डहिनताको बाटोमा अगाडी बढेको भन्दै उनले राज्य नै यस्मा संलग्न रहेको दाबि गरे । मिडिया पनि सतही रुपमा दौडेको भन्दै धेरै बिषयबस्तु लुकेको बताए ।मिडियाले सरकारलाइ खबरदारी गर्नुपर्ने उनको भनाइ छ ।

अधिबक्ता महेन्द्र पाण्डेले कानुन बलियो भएपनि कार्यान्वयन फितलो भएको बताए । पाण्डेले अहिले बलियो सरकार बनेपनि हिंसा न्युनिकरणमा सरकार फेल भएको धारणा राखे । इन्सेक रुपन्देही प्रतिनिधि रिमा बिसीले हिंसा न्युनिकरणका लागि सामुहिक प्रतिबद्धता हुनुपर्ने बताइन् । हिंसा गर्दीन र सहन्न भन्ने प्रतिबद्धता चाहिने उनको भनाइ छ । उनले हिंसा बिगतमा पनि हुने तर अहिले बाहिर आउने क्रम बढेको बताइन् । रुपन्देहीमा २ सय भन्दा बढि हिंसा बार्षिक रुपमा हुने र १० भन्दा बढि पुरुष पनि हिंसामा परेको बताइन् । निर्मला पन्त काण्डमा राज्य हरेक तरहले चुकेको उनको धारणा छ ।अपराधलाइ प्रोत्साहित गर्ने काम प्रहरी प्रशासनबाटै भएको बिसिको भनाइ थियो ।रिपोर्टर्स क्लव प्रदेश ५ का प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रदेश सदस्य कपिल ज्ञवालीले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया