नेपाल शिक्षक संघ धुर्कोट गाउँपालिका कार्यसमितिको सभा हटियामा सम्पन्न

प्रकाशित मिति:

सबलपोस्ट / गुल्मी – नेपाल शिक्षक सँघ धुर्कोट गाउँपालिका कार्यसमितिको तेस्रो प्रतिनिधि सभा धुर्कोट गाउँपालिका वडा न.ं ५ वस्तुमा रहेको हिमालय प्राथमिक विद्यालय हटियामा आज सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष शिबबहादुर खत्रिले शिक्षाको विकासमा शिक्षकहरुको भुमिकाको विषयमा प्रकाश पार्दै धुर्कोट गाउँपालिकाले शिक्षाको विकासको सन्र्दभमा चालेका कदम तथा भावि रणनितिको बारेमा प्रष्ट पार्नुभएको थियो । त्यस्तै उहाँले कोरोनाको कारणले अवरोध भएको शिक्षण सिकाइलाई थप मिहिनेत गरी रद्देश्य अनुरुपको सिकाई पुरा गर्न आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा सचिव कृष्णबहादुर के.सि.ले प्रस्तुत गर्नुभएको सचिवको प्रतिवेदन र कोषाध्यक्ष भिमप्रसाद पोख्रेलले प्रस्तुत गर्नुभएको प्रतिवेदन सभाबाट पास गरिएको छ ।
उक्त प्रतिनिधि सभामा कोरोना भाइरस (कोभिड १९)ले गर्दा शिक्षण सिकाइ प्रक्रियामा असहजता भइ आएकोमा अहिले नियमित रुपमा पठनपाठन शुरु भएकोमा सुरक्षाका उपाय अपनाएर शिक्षण सिकाइ क्रियाकलापलाई थप प्रभावकारी ढङ्गले सञ्चालन गर्ने निणर्य गरिएको छ ।
त्यस्तै एउटै विद्यालयमा अध्यापन गर्ने समान शैक्षिक योग्यता भएका अस्थाइ, निजि तहका करार शिक्षकहरु, बालशिक्षकहरु, कर्मचारी तथा कार्यलय सहयोगिहरुको तलब तथा सुविद्यामा एक रुपता नभएकाले एकरुपता कायम गर्न सम्वन्धित निकायमा पहल गर्ने÷विशेष गरी बालशिक्षाका शिक्षिका तथा कार्यलय सहयोगिहरुको तलब सुविधा गाउँपालिकाबाट थप गर्न धुर्कोट गाउँपालिकामा डेलिगेशन जाने निर्णय समेत गरिएको छ ।

धुर्कोट गाउँपालिकाका विद्यालयमा अध्यापन गर्ने विशेषगरी निजि स्रोतका शिक्षक, बालशिक्षिकाहरु, कर्मचारी तथा कार्यलय सहयोगिको तलब भत्ता अत्यन्तै न्युन भएको, विभिन्न विद्यालयमा समान स्तरका निजि स्रोतका शिक्षकहरुको असमान तलब स्केल देखिएकोले आगामि दिनमा एक महिना भित्रमा यस गाउँपालिका भित्रका सबै खाले शिक्षकहरुको तलब भत्ता सुविधा सँकलन गर्ने, त्यसको बारेमा छलफल गर्ने र समस्या समाधानको लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी २०७८ सालको बैशाख ४ गते धुर्कोट गाउँपालिकाका सम्पुर्ण शिक्षक सँघका साथिहरुबिच धुर्कोट गाउँपालिका वडा नं. ३ पिपलधाराको नादिमा नयाँ बर्षको शुभकामना आदानप्रदान तथा शैक्षिक गुणस्तर विकास सम्वन्धि अन्र्तक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

धुर्कोट गाउँपालिकाले शिक्षाको विकासको लागि पुर्याएको योगदानको उच्च सम्मान गर्दै थप शैक्षिक विकास तथा भौतिक सुधारको लागि आगामि बर्ष शिक्षा क्षेत्रको लगानिमा थप वृद्धि गर्न समेत आग्रह गरिएको छ । नेपाल शिक्षक सँघ धुर्कोट गाउँपालिका कार्यसमितिका अध्यक्ष यज्ञप्रसाद गौतमको अध्यक्षता रहेको कार्यक्रममा धुर्कोट गाउँपालिका उपाध्यक्ष शिबबहादुर खत्रिको प्रमुख आथित्यता रहेको थियो ।

उक्त कार्यक्रममा शिक्षिका जानकि भण्डारी, वडा न.ं ३ का नेपाली काँग्रेश अध्यक्ष तेजबहादुर बोहोरा, वडा न.ं २ का नेपाली काँग्रेश अध्यक्ष हरिबहादुर थापा, शिक्षक कृष्णप्रसाद भण्डारी, धुर्कोट गाउँपालिका वडा नं.५ का वडाध्यक्ष ढुण्डिराज भण्डारी, नेपाल शिक्षक सँघका केन्द्रिय सदस्य मिना राना बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । गाउँ कार्यसमितिका उपाध्यक्ष केशवराज खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भिमप्रसाद पोख्रेलले गर्नुभएको थियो ।