सुनिल ढुंगानाको स्मृतिमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने

प्रकाशित मिति:

रुपन्देहीको तिलोत्तमा क्रिकेट विकास समितिका संस्थापक अध्यक्ष स्वर्गीय सुनिल ढुंगानाको स्मृतिमा तिलोत्तमा नगरपालिकामा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा आगामी फागुन ८ गतेदेखि प्रथम सर्बोत्तम सिमेन्ट सुनिल ढुङ्गाना स्मृति खुल्ला टि— १० नकआउट क्रिकेट प्रतियोगिता हुने भएको हो । सुनिल ढुंगानाको नाममा अक्षयकोष स्थापनार्थ आयोजना संचालन हुन लागेको प्रतियोगिता रुपन्देहीको तिलोत्तमा ६ मा रहेको नव जीवन खेल मैदानमा हुने आयोजकले शनिवार मणिग्राममा पत्रकार सम्मेलनको आयोजना गरि जानकारि गराएका हुन ।  सर्बोत्तम सिमेन्टको मुख्य प्रायोजन रहेको प्रतियोगितामा देशभरका टिमको सहभागिता रहने समितिका अध्यक्ष दिपक भुर्तेलले जानकारी गराए । प्रतियोगितामा विजेता टिमले एकलाख नगद पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छ भने उप विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । यसैगरी विधागत तर्फ म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान, बेष्ट बलर तथा उदयमान खेलाडीले नगद ५र५ हजार पुरस्कार राशी प्राप्त गर्ने छन् भने हरेक खेलका म्यान अफ दि म्याचले हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । टिम दर्ताका आगामी फागुन ५ गतेसम्मको म्याद राखिएको र दर्ता शुल्क १० हजार रुपैयाँ कायम गरिएको आयोजकले जनाएका छन ।

स्वर्गीय ढुङ्गानाको नाममा स्थापना हुने अक्षयकोषको रकमबाट तिलोत्तमा नगर भित्रका विद्यालय स्तरका २ जना छात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने आयोजकले बताए । पहिलो वर्ष प्रतियोगिताबाट ५० हजार तथा अन्य स्रोतबाट ५० हजार गरि लाख रुपैयाँको अक्षकोष स्थापना गरिने र आगामी ४ वर्षभित्र कोषको रकम ५ लाख रुपैयाँ पुर्याउने लक्ष्य रहेको जानकारी गराइएको छ ।