६६ औं बार्षिक उत्सवको अवसरमा आईएनएफ द्धारा तौलिहवा अस्पतालका बिरामीलाई फलफुल बितरण

प्रकाशित मिति:

ईन्टरनेशनल नेपाल फेलोशिप नेपाल आईएनएफ को ६६ औं बार्षिक उत्सवको अवसरमा तौलिहवा अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको छ । आईएनएफको दाङ्ग कम्युनिटी कलस्टर अन्र्तगत कपिलवस्तु कार्यालयको आयोजनामा अस्पतालमा उपचाररत बिरामीलाई फलफुल बितरण गरिएको हो । आईएनएफका सदस्य नर बहादुर शाह, कलस्टर प्रबन्धक राम बहादुर सिजाली र एजी अनुग्रह चर्चका पास्टर स्टेफन थापा सहित कार्यालयका कर्मचारीले बिरामीलाई फलफुल बितरण गरेका थिए । आईएनएफको बार्षिक उत्सवको अवसर पारी अस्पतालका बिरामीलाई फलफुल बितरण गर्ने कार्यमा सरिक हुन पाएकोमा खुसी लागेको आईएनएफका सदस्य नर बहादुर शाहले प्रतिक्रिया दिए ।
कर्मचारीहरुका लागी छुट्टयाईएको बजेटलाई सामाजिक कार्यमा लगाउने योजना अनुरुप आईएनएफको बार्षिक उत्सवका अवसरमा बिरामीलाई फलफुल बितरण गरिएको कलस्टर प्रबन्धक राम बहादुर सिंजालीले बताए ।