प्रदेशमै बिसीजी खोप लगाउने सुईको अभाव

३० कार्तिक २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
8 Shares


प्रदेश नम्बर पाचमा बीसीजी खोप लगाउन प्रयोग गरिने सुइ अभाव भएको छ । आपूर्ति व्यवस्थापन विभागले खरिद प्रक्रियामा ढिलाई गर्दा नवजात शिशु खोप लगाउनबाट बञ्चित भएका छन् । प्रदेशका १२ जिल्लामा एक महिना यता सुई अभाव छ । प्रदेशका १२ जिल्लामा रहेका खोप केन्द्र, स्वास्थ्यचौकी र अस्पतालहरुले खोप लगाउन पुग्नेलाई सुइ अभावमा देखाउँदै फर्काउने गरेका छन् । सुइ खरिद गर्ने जिम्मा पाएको आपूर्ति व्यवस्था विभागले खरिद प्रक्रियामा बेवास्ता गरी ढिलाई गर्दा प्रदेश भित्र जन्मिने नवजात शिशु खोपबाट बञ्चित भएका हुन् ।

नवजात शिशु जन्मने बित्तिकै दिइने क्षयरोग बिरुद्धको खोप बिसीजी हो । प्रदेश पाँचको आपूर्ति शाखाले अबको एकहप्तामै सुइ प्रत्येक संस्थामा पुर्याइने दावी गरेको छ । प्रदेश पाँचमा दुई हजार ६८० खोपकेन्द्र, ५७० स्वास्थ्य चौकी र १९ वटा अस्पतालले बीसीजी खोप लगाउँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मणिग्राममा ब्यापार मेलाको उद्घाटन गर्दै खांण
  • सिरहाको कर्जनहामा आगोमा जलेर एक बालिकाको ज्यान गयो
  • जुनियर ट्यालेण्ट शो कुमुदीनी ईग्लिश बोर्डिंग स्कुलमा सम्पन्न
  • संस्थाको आयोजनामा बिद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न
  • कांग्रेसभित्रको विवाद समाधान , निर्वाचन कार्यतालिका हेरफेर हुने
  • संस्थागत भ्रष्टाचारलाई सरकारले नियन्त्रण गर्न सकेन : सभापती शाह
  • आफ्नै बिहेको निम्तो बाँडेर फर्किदा रमिताको मृत्यु !
  • विवादित पात्रलाई सभामुख बनाउन लागेको भन्दै राष्ट्रपतिका सल्लाहकार प्यकुरेलले दिए…
  • दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पक्राउ
  • बालबालिकाको शैक्षिक सुधारकालागि बिपन्न बिद्यार्थीलाई ‘एन.बि.आर.को’ सहयोग