नेकपा अध्यक्ष प्रचण्डविरुद्ध परेको अदालत अवहेलना मुद्दामा सुनुवाइ आज

प्रकाशित मिति:

काठमाडौं, माघ २० : नेपाल कम्युनिष्ट पार्टी नेकपा का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दाका बारेमा आज सुनुवाई हुँदै छ । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी सार्वजनिक रुपमा धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै अधिवक्ता समीर हायूले अवहेलना मुद्दा दर्ता गराका थिए ।

अदालतको सामाजिक प्रतिष्ठालाई उचो बनाएर अदालतलाई सम्मान गर्ने, अदालतको आदेश फैसलालाई मान्ने र सामाजिक तहमा अदालतको औचित्यता कायम राख्ने प्रकारका काम गर्नु पर्नेमा प्रचण्डले सो विपरीत गरेको र कानुनतः दण्डनीय रहेको जिकिर रिट निवेदनमा गरिएको छ।

उनी सँगै सर्वोच्चमा हाल प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दा विचाराधीन रहेका छन् ।