रंगमंचमा नाटक प्रस्तुत गर्ने कलाकारहरुले कहिल्यै भोकै मर्न पर्दैन :कलाकार धुर्ब पौडेल

प्रकाशित मिति:

सुदीप गौतम। बुटवल –कुनै पनि काम निरन्तरताका साथ गरियो भने एक दिन अवश्य सफल भईन्छ भन्ने भनाईलाई सार्थकता दिदै बुटवलमा काठमाडौँमा जस्तै रंगमंचको नाटक प्रस्तुत गर्ने सपना “धुर्ब पौडेल “ले साकार पारेका छन। उनले बर्षौ अघि देखिने बुटवलमा रंगमंचको नाटक प्रस्तुत गर्न कम्मर कसेर लागेका थिए। धुर्ब निरन्तर रुपमा कलाकारिता क्षेत्रमा लागेका छन।

बुटवलमा नाटक मन्चन गराउन पाउदा एकदम खुशी लागेको छ धुर्ब बताउछनत्यसो त उनले यस सम्बन्धि तालिम संचालन र नाटक प्रस्तुत गर्न धेरै छलफल पनि गरेका थिए। तर त्यसले सार्थकता पाउन सकेन। साथीहरु मिलेर समिति पनि बनाए तर खुट्टा तान्ने प्रवृतिले गर्दा त्यो काम पनि पुरा हुन् सकेन। त्यहि पनि उनले हार नखाईकन निरन्तर आफ्नो सपना पुरा गर्न लागिपरे।

केहि बर्ष अघि उनको समुहले चितवनमा चर्चित साहित्य “बहुला काजिको सपना “नाटक प्रस्तुत गरेका थिए। त्यहा अत्यान्त राम्रो प्रतिक्रिया प्राप्त भएको थियो। त्यो कार्यक्रमबाट पनि उनलाई हौसला मिल्यो।गण्डकी मिडिया प्रा लि को आयोजनामा केहि दिन अघि शनिबार १५ दिने नाटक प्रशिक्षण तालिम बुटवलको बेलबासमा सम्पन्न भएको थियो। तालिमका सहभागीहरुले एकदम उत्सुकता का साथ तालिम संचालन भैरहेको थियो।

समापन कार्यक्रममा प्रमुख अतिथि बाबुराम घिमिरेले काठमाडौँमा प्रस्तुत गर्ने नाटक र यसमा केहि भिन्नता नभएको र आगामी दिनमा यो कामलाई निरन्तरता समेत दिन आग्रह गर्नुभएको थियो। कार्यक्रममा प्रशिक्षण काठमाडौँको बिभिन्न नाटक घरमा लामो समय देखि सिकाउदै आउनुभएका अर्जुन न्यौपानेले प्रशिक्षण दिनुभएको थियो। बिशिष्ठ अतिथि कृष्ण थापा कपिल देब अधिकारि लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो।सबलपोष्ट संग प्रतिक्रिया दिदै गण्डकी मिडियाका संचालक धुर्ब पौडेलले रंगमंचमा नाटक प्रस्तुत गर्ने कलाकारहरुले कहिल्यै भोकै मर्न नपर्ने प्रतिक्रिया दिएका थिए। समापन कार्यक्रममा “बटौली “नामक नाटक कलाकारहरुले प्रस्तुत समेत गरेका थिए। हेरौ तस्बिरहरु