कपिलवस्तु उद्योग बाणिज्य सघंको अध्यक्षमा डोलकराम घिमिरे सहित सबै पदमा कांग्रेस पक्षको उमेद्धवारी घोषणा !

प्रकाशित मिति:

कपिलबस्तु , २० माघ ।  कपिलबस्तु उद्योग बाणिज्य संघको माघ २३ र २४ गने हुने १४ औं साधारण सभा तथा तथा ७ औं अधिवेशनको लागि नेपाली काग्रेसको तर्फबाट सवै पदका उम्मेद्वारी एक कार्यक्रमका बीच मंगलबार घोषणा गरेको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंको चुनावी माहोल बढि रहदा नेपाली कांग्रेसले अध्यक्षमा डोलकराम घिमिरेलाई उठाएको छ । नेपाली काग्रेस बाणगंगा नगर समितिले बिगत केही दिन देखि छलफल गरी रहेको थियो । सहमति हुने सम्भावना कम भएपछि नेपाली कांग्रेसले कपिलवस्तु उद्योग बाणिज्य सघंको चुनावका लागी सबै पदमा आज पत्रकार सम्मेलन गर्दै घोषणा गरेको छ । जसमा अध्यक्षमा डोलकराम घिमिरे, बरिष्ठ उपाध्यक्षमा लक्ष्मण अधिकारी, उद्योग उपाध्यक्षमा तुल्सीराम घिमिरे, बाणिज्य उपाध्यक्षमा खुमानन्द घिमिरे, महासचिवमा  मनोज पौडेल,  कोषाध्यक्षमा बिनोद पन्त,  सचिवमा शंकर प्रसाद न्यौपाने,  सह कोषाध्यक्षमा सेराज अहमद,  महिला उपाध्यक्षमा इन्द्रीरा तिमिल्सीना,  महिला सदस्यमा  लक्ष्मी थारु र मिना पौडेल पोखरेल, एसोसेट उपाध्यक्षमा टोपनारायण भण्डारी सदस्यमा, लक्ष्मण भुसाल र मनोज बानिया, वस्तुगत उपाध्यक्षमा, शालिकराम भुसाल, लेखा समितिमा,  कृष्ण अर्याल, बसन्त खनाल र फर्सुराम पन्त लाई चुनावी मैदानमा लडाउने नेपाली काग्रेस पक्षले पत्रकार सम्मेलन गरि उम्मेद्वारको नाम सर्वजानिक गरेको हो ।